बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा मार्तडिका माेहन रावल दुबइ बिमानस्थलमा अलपत्र

बाजुरा मार्तडिका माेहन रावल दुबइ बिमानस्थलमा अलपत्र

  • बुधबार, साउन २८, २०७७
बाजुरा मार्तडिका माेहन रावल दुबइ बिमानस्थलमा अलपत्र

बाजुराकाे बडिमालिका नगरपालिका ८ बस्ने माेहन रावल दुबइ अन्तराष्ट्रिय बिमानस्थलमा अलपत्र परेका छन् । मंगलवार राति नेपाल आउने जहाज छुटेपछि बिमानस्थल भित्र अलपत्र परेकाे बडिमालिका नगरपालिका ८ अध्यक्ष प्रकाश रावलले वताएका छन् । माेहन कामका लागि दुबइमा तिन बर्ष पहिलाे गएका थिए ।

बिमानस्थलमा चेकजाँच गर्ने बेला छुटेकाे माेहन रावलले टेलीफाेनमा वताएका छन् । बल्ततल्ल नेपाल आउन लागेकाे थिए, त्यसैमा जहाज छुटेका कारण एरपाेटमा अलपत्र परेकाे बताएका छन् । उनले उद्धारका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् । बिमानस्थलका अनुसार OVERSTAY FINE को कारण FLIGHT छुट्न गई अलपत्र परेका हुन ।

माेहन सँगै अहिले एक रुपैया पनि छैन । यहाँ सम्म कि पानी खाने पैसा सम्म छैन । FINE तिर्न नसकेर उनि  प्रतिबन्धित छन जसकारण न अब उनि बाहिर जान सक्छन नत अर्को FLIGHT नै छ । BAN भए पनि भित्र त छिरे तर अर्को FLIGHT कहिले हो यकिन छैन ।

माेहनले सहयाेगका लागि अपिल गरेका छन् ।
उनकाे ब्यक्तिगत बिबरण :

Name: Mohan Rawal
Passport no: 10145531
Mobile: 0524321835

चर्चामा

सम्बन्धित समाचार