शनिबार, बैशाख १५, २०८१

गजल!

  • बुधबार, साउन २८, २०७७
गजल!

हरेएककै हक र अधिकार खोसेर,
बाँच्न पाउँने त्यही आधार खोसेर।

सोशकहरुले मन परी गरेकै देख्छु,
सन्तान भित्रको मिठो प्यार खोसेर।

बाँट्यो जाती अनि भाषा मा उसैले,
बन्यो अछुत मिठो ब्यबहार खोसेर।

मानवताको बिरुद्धमा उचाल्दै गर्दा,
नैसंगिक अधिकार लगातार खोसेर।

शंघर्ष लाई निम्ताउँदै छ फेरी ठुलो,
मज्दुरको पौराख बारमबार खोसेर।

साम्राज्यावादकै बिगबिगी जता ततै,
जिवन र जगतको मिठो सार खोसेर।

बजार बाट सडकमा उत्रे गरीबहरुनी,
बिग बजार ले उनैको ब्यापार खोसेर।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार