बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • खेलकुद
  • एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित

एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित

  • मङ्लबार, साउन २७, २०७७
एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित
फाईल तस्वीर

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ। एन्फा प्रवक्ता किरण राईले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी बढ्दै गएकाले आगामी भदौ १५ गते गर्ने भनिएको साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको जानकारी दिए।

विज्ञप्तिमा समुदायस्तरमा नै संक्रमणको विस्तार हुन सक्ने उच्च जोखिम समेत देखिएकोले नेपाल सरकारको कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने निकायहरुबाट गोष्ठी, भेला सम्मेलन, आवागमन जस्ता कार्यहरु गर्न निषेध गरेको परिप्रेक्ष्यमा सतर्कता अपनाउनु पर्ने अनिवार्य भएकोले स्थगन गरिएको बताइएको छ।

कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो। यसअघि एन्फाले गत चैतमा साधारणसभा स्थगित गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार