बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना केयर सेन्टरको रुपमा प्रयोग हुँदै आएको होटलमा आगलागी, सातको मृत्यु

कोरोना केयर सेन्टरको रुपमा प्रयोग हुँदै आएको होटलमा आगलागी, सातको मृत्यु

  • आइतवार, साउन २५, २०७७
कोरोना केयर सेन्टरको रुपमा प्रयोग हुँदै आएको होटलमा आगलागी, सातको मृत्यु

भारतको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस नामको एक होटलमाा अगलागी भएको छ । कोभिड संक्रमितहरुलाई राख्नका लागि एक नीजि अस्पतालले यो होटलको प्रयोग केयर सेन्टरको रुपमा गर्दै आएको थियो ।

आन्ध्र प्रदेशको गृहराज्य मन्त्री मेकाथोटी सुचरिताले आगो बिजुलीको तार सर्ट भएका कारण लागेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

यस्तै आन्ध्र प्रदेश सरकारका सल्लाहकार एस राजीव कृष्णाले ट्वीट गर्दै मुख्यमन्त्रीले दुर्घटनामा प्रभावित व्यक्तिहरुको उपचारका लागि उनीहरुको मद्दत गर्ने आश्वासन दिएको जानकारी दिए । विजयवाडा प्रहरी कमिश्नरले दुर्घटनामा हालसम्म सातजनाको मृत्यु भएको जानकारी दिएका छन् । विजयवाडा प्रहरी विभागले आगलागीका बेला होटलमा करिब ५० जना रहेको बताएको छ ।

आगोबाट बच्नका लागि चारजना अस्पताल भवनबाट हाम फालेको बताइएको छ । यद्यपि, यी चारजनाको अहिलेसम्म पनि जानकारी पाउन सकिएको छैन ।  बीबीसीकाअनुसार घाइतेलाई नजिकैको रमेश अस्पताल लगिाएको छ । केही दिन अघि रमेश अस्पतालले नै कोरोना संक्रमितको उपचारका लागि होटललाई भाडामा लिएको थियो ।  आन्ध्र प्रदेश सरकारले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार