बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरिब माथी अत्याचार बारमबार भयो

गरिब माथी अत्याचार बारमबार भयो

  • आइतवार, साउन २५, २०७७
गरिब माथी अत्याचार बारमबार भयो

गरिब माथी अत्याचार बारमबार भयो,
धर्ति आकासको नै धनी हकदार भयो।

मान्छे मान्छेलाई बाटेर जात जाति मा,
त्यसैले एउटै सन्तान मा तकरार भयो।

सदियौँ पौरख पोखछन गरिब मजदुर,
उनैको रगतमा भिबिस्या निखार भयो।

संसारमै छैन गरिबको राज्य सत्ता कतै,
दुनिया भरी पुँजी पतिकै सरकार भयो।

गरीबको पौरख धनीले खाने भए पछि,
सत्ताकै लागि जता कतै मारामार भयो।

देख्न सकिन कहिलेइ सुद्ध राज नीति,
राजनीति फटाहकै ठुलो ब्यापार भयो।

देश र जनताको दुश्मन सरर्बत्र देख्दा,
लाग्छ उनिनै नेताका घनिष्ट यार भयो।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार