शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • भुण्र पहिचान गरेर गर्भमै मारिन्छन् छोरी

भुण्र पहिचान गरेर गर्भमै मारिन्छन् छोरी

  • बिहिबार, साउन २२, २०७७
भुण्र पहिचान गरेर गर्भमै मारिन्छन् छोरी

बाजुराको छेडेदह गाँउ पालिका १ बस्ने बिस्नकला बुढाले (नाम परिवर्तन) तिन वटा छोरीलाई पेटमै भुण्र पहिचान गरेर गर्भपतन गराएकि छन् । दुई छोरी भइसकेकी बिस्नकला छोरा पाँउने आशमा तिन पटक भारतको पलियामा पुगेर भुण्र पहिचान गरेर छोरी भनेपछि गर्भपतन गराएको वताएकि छन् ।
बिस्नकला जस्तै धेरै महिलाहरुले छोराछोरी बरावर हुन भन्ने ब्यापक प्रचार हुँदा पनि सुदुरपश्चिमका जिल्लामा छोरी भ्रुणमै मारिने क्रम बढदै गएको छ । गर्भ परिक्षण गरि छोरा छोरी पहिचान गरि छोरी भएमा गर्भपतन गराउने दर बाजुरा, अछाम, बझाङ्ग, कैलाली कञ्चनपुर लगायतका सुदुरपश्चिमका सबै जिल्लामा बढदै गएको छ । छोरा पाउने आशमा भु्रणमानै छोरीको हत्या हुने गरेको हो ।
नेपाल र भारतमा गर्भमै भ्रुण पहिचान गर्ने नपाईने कानुनी प्रावधान भएपनि गोप्य रुपमा भ्रुण पहिचान गरि गर्भपतन गर्ने गरेको पाईएको छ । सुदुरपश्चिमका धनगढी, महेन्द्रनगर, अत्तरीया, नेपालगञ्ज र भारतका पलिया, रुपडिया, खटिमा, पिथौरागड लगायतका बजारका निजि अस्पतालमा भ्रुण पहिचान गरि छोरि भएमा गर्भपतन गरेका छन् । पैशाको लोभ लाचमा निजि अस्पतालले यस्तो गरदै आएको पाईएको छ । ती वजारमा रहेका अस्पतालमा दैनिक जसौ महिलाहरु भु्रण पहिचान गर्ने गरेका छन् ।
बझाङ्ग बाट छोरा, छोरी पहिचान गर्न भारतको पलिया पुगेकि मनकला राेकाया छोरा भनेपछि गर्भपतन नगरेर फर्केकि छन् । उनि २० हजार खर्च गरेर चेक गर्न पलिया पुगेकि थिईन् । उनका २ वटा छोरी छन् । भारतका सहरमा अल्ट्रा साउड बाट बच्चा पहिचान गरेको ५ हजार रुपैया भारति लिने गरेका छन् तर बच्चा पहिचान नगरि बच्चाको अल्ट्रा साउड गरेमा ५ सय भारति लिने गरेको पाईएको छ । यो भन्दा पहिला पनि आफु चेक गर्न आएको त्यो वेला छोरि भनेपछि आफुले गर्भपतन गराएको वताईन् । यो पटक छोरि भनेपछि चेक गरेर मात्र फिर्ता आएको वताईन् । वाजुराको कोल्टि बस्ने नन्दा रोकाया ( नाम परिवर्तन) छोरा पाँउने आशमा ४ पटक गर्भपत गराई सकेकि छन् । पटक पटक गर्भ जाचँमा छोरि भनेपछि गर्भपतन गरदै आएको उनले वताईन् ।
नाम नभन्ने सर्तमा कैलालिको अत्तरीयाका एक स्थानियले भने ‘भारतको पलियामा भु्रण पहिचान गर्दा भारति पुलिस या कसैले सोधेमा अन्य चेक गर्न आएको भन्नु भनेर अस्पतालका कर्मचारी पहिलानै सम्झाउने गरेको बताए’ । पलियाका अस्पतालमा नेपालि महिला जाने बितिकै छोरा र छोरी चेक गर्न आएको भनेर पहिलानै अस्पतालका कर्मचारी सोध्ने गरेका छन्, नेपाल पुग्दा पलिया बसपार्कमा पुग्ने बितिकै रेक्सा चालकहरु पनि बच्चा पत्ता लगाउन आएको हामि अस्पताल पुयाई दिन्छौ, भन्ने गरेको पाईएको छ । पलियामा सक्सेना र कपुर नाम निजि अस्पतालमा यस्तो कार्य हुने गर्दछ । वसपार्क देखी अस्पताल सम्म पुग्दा दलालहरु समेत लाग्ने गरेको उनले वताए । दैनिक यि अस्पतालमा दश जना भन्दा बढि महिला भु्रण पहिचान गर्न जाने गर्छन् । अस्पतालको भित्तामा भुर्ण पहिचान गर्नु अपराध लेखेको बोर्ड टासेका छन् तर भित्र भने भुण पहिचान गर्ने गरेका छन् । यी अस्पतालमा भारती महिला भन्दा बढि नेपालि महिला पहिचान गर्ने गरेका छन् ।
धनगढी र महेन्द्रनगरका निजि अस्पातलमा पनि यस्तो कार्य हुने गरेको छ । नाम ठेगाना समेत नभन्ने चौधरी थरकी एकजना महिलाले भनिन्, धनगढीको निजि अस्पतालमा छोरा छ की छोरी भनेर चेक गराए, छोरी भनेपछि गर्भपतन गराएर फालेको वताएकी छन् । भुण्र पहिचान गरेर छोरी फाल्दा उनलाई अप्ठयारो भएर सेति अञ्चल अस्पतालमा समेत उपचार गरेर घर फर्केकी वताईन् ।

चर्चामा

सम्बन्धित समाचार