शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुुराको बुुढिगंगामा प्रहरीकै संंग्लनतामा मदिरा आयात

बाजुुराको बुुढिगंगामा प्रहरीकै संंग्लनतामा मदिरा आयात

  • बुधबार, साउन २१, २०७७
बाजुुराको बुुढिगंगामा प्रहरीकै संंग्लनतामा मदिरा आयात

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाले नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरेको छ । तर सो नगरपालिकामा हरेक बाहानमा मदिरा आयात हुन भने रोकीएको छैन ।
कहिले स्थानीय ब्यापारी आफैले आयात गर्ने त कहिले नगरपालिकाकै कर्मचारीबाट लुकिछिपी मदिरा आयात गर्ने कुराहरु त यस अघी पनी बिभिन्न संचार माध्यायमै आएको कुरा हो ।
पछिल्लो केही महिनादेखी प्रहरीकै संग्लनतामा बुढिगंगा नगरपालिकामा मदिरा ब्यापारीको संरक्षण गरेको श्रोतले जनाएको छ । ब्यापारीबाट पैशा असुल गरेर बार्जुगाड प्रहरी चौकी लगायतका प्रहरी चौकीकै संलग्नतामा ब्यापारीहरुलाइ मदिरा भित्र्ताउन दिएको गोप्य श्रोतले बडिमालिका खवरलाई जनाएको छ ।
अहिले बुढिगंगा नगरपालिकाका बिभिन्न पशलहरुमा मदिरा आएसंगै खुलारुपमा बिक्री बितरण हुनेगरेपछी बडिमालिका खवरको अनुसन्धानछी बाम्का लगायतका बजारमा प्रहरीले पैशा माग्ने र बिक्री गर्न पनी दिने गरेको स्थानीयले जनाएका छन ।
प्रती ब्यापारी प्रहरीले रक्सीको श्रोत अनुसार पैशा उठाउछन श्रोतले जनाएको छ । पैशा नदिने ब्यापारीको मात्र प्रहरीले रक्सी बरामत गरी नस्ट गर्ने र पैशा दिने ब्यापारीको रक्सी भने नसमातिने गरेको श्रोतको दाबी छ ।
उता नगरपालिका मदिरा बन्द घोषणा गरेको भए पनी यता प्रहरीकै संलग्नतामा ब्यापारी सुरीक्षत गरेको श्रोतले जनाएको छ । रातीको समयमा मदिराका गाडी आउने र राती भित्रै प्रहरीलाइ पैशा दिएर गोदाम भर्ने गरेको श्रोतको भनाई रहेको छ । प्रहरीले पनी पैशा लिन सहर्ष स्विकार गरी गर्ने गरेको श्रोतको दावी छ ।
यता रिठा प्रहरी चौकीका अनुसार देखापरे जती हामीले समात्ने र नष्ठ समेत गरेको रिठा प्रहरी चौकी इइन्चार्जले बताए । कुनैे खाद्यन्नको गाडीमा आएको भए खव र नहुने तर मदिराकै गाडी आयो भने सबै समात्ने गरेको इन्र्चाजले बताए ।

चर्चामा

सम्बन्धित समाचार