शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • सैन हिमालमा तस्करको अखडा

सैन हिमालमा तस्करको अखडा

  • बुधबार, साउन २१, २०७७
सैन हिमालमा तस्करको अखडा

साबिकको बिच्छँया गाबिस (हालको हिमाली गाँउपालिका १, २ र ३) मा प्रहरी चौकी नहुँदा बिच्छँयामा खुलेआम जडिबुटि चोरी तथा वन्यजन्तुको चोरी शिकार भइरहेको छ ।
हिमाली गाँउपालिका ३ युनामा रहेको प्रहरी चौकी एक दिनको दुरी तल पर्ने हिमाली गाँउपालिको ४ नम्बर कवाडीमा सरेपछि लामो समय देखी यो समस्या भइरहेको छ । युनामा बस्न नसक्ने भन्दै ८ बर्ष पहिले प्रहरी चौकी तल सरेको थियो । कवाडी पुग्न बिच्छँयाका बिभिन्न ठाँउबाट एक दिन देखी तिन दिन लाग्ने गरेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए ।

यसले गर्दा बन्यजन्तुको चोरी शिकार र जडिबुटि तस्करी हुने गरेको छ । भौगोलीक बिकटताले गर्दा चोरी शिकार र तस्करी बढदै गएको गाँउपालिकाका अध्यक्ष मल्लले बताए ।

बाजुराको हिमाली गाँउपालिको र हुम्लाको ताजा मैलाकोट गाँउपालिका सैन हिमाल क्षेत्रमा खुलेआम चोरी शिकार भइरहेको हिमाली १ कावडा अध्यक्ष लालजित थापाले वताए । उनका अनुसार, बन्दुक र भाला हानेर र कुकुर लगाएर बन्यजन्तुको शिकार गरिन्छ । त्यस्तै हिमाली गाँउपालिको गुम्वा, कोट, बामु, बौडी क्षेत्रमा रहेका हिमाली र पहाडि क्षेत्रमा समेत चोरी शिकार हुने गरेको स्थानिय बासिन्दाले वताए ।
दशजना भन्दा बढीको हुल बाँधेर मानिसहरु हतियार लिएर जंगल आउँछन्, केही भनौँ भने उल्टै आपूmलाई केही गर्लान् भन्ने डर छ, लालजितले बताए । गाँउबाट एकदुई दिन टाढाको सैन हिमालमा तस्करको अखडै रहेको पनि उनले वताए ।
जंगली जनावरको शिकार गरी चीनतिर तस्करी हुने गरेको तथा सुरक्षाका लागि प्रशासनसँग पटक पटक कुरा गर्दा पनि वास्ता नभएको अध्यक्ष रोकायाले बताए ।
कवाडी प्रहरी चौकीबाट हिमाली गाँउपालिका १, २ र ३ का जंगल र हिमाली क्षेत्रमा पुग्न दुई दिन देखी पाँच दिन लाग्छ । टाढा भएकाले सुरक्षा दिन समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सञ्चार सुविधा पनि नभएको र कवाडी प्रहरी चौकीमा जम्मा ७ जना मात्र प्रहरी रहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भौगोलिक बिकटताले सुरक्षा दिन समस्या भएको वताए । बिच्छँयाको प्रहरी चौकी साविकको ठाँउमा राख्न पहल भइरहेको भण्डारीले बताए । साथै त्यो क्षेत्रमा सुरक्षाका लागि गृहमन्त्रालयमा पहल भइरहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार