शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • लेबनानको राजधानी बेरूतमा भएको विष्फोटमा ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

लेबनानको राजधानी बेरूतमा भएको विष्फोटमा ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

  • बुधबार, साउन २१, २०७७
लेबनानको राजधानी बेरूतमा भएको विष्फोटमा ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

मंगलबार लेबनानको राजधानी बेरूतमा अत्याधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा भएको भयानक विष्फोटमा ७८ जना मारिनुका साथै करिब ४ हजार मानिस घाइते भएको रोयटर्सले जनाएको छ। विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ। लेबनानी सरकारी धिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने जनाएका छन्। सो विस्फोट वर्षौपछि त्यहाँ भएको भयानक विस्फोट हो।

लेबनानका राष्ट्रपति मिचेल अउनले सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताउँदै सो लापरवाही अस्वीकार्य भएको बताएका छन्। घटनालाई लिएर उनले बुधबार मन्त्रीपरिषदको आपतकालिन बैठक डाकेका छन्। उनले दुई साता देशमा आपतकालको घोषणा गर्नुपर्ने बताएका छन्। ‘हामीले जे देख्यौं त्यो एकदमै ठूलो विनाश हो’ लेबनान रेडक्रसका प्रमुख जर्ज केटानीले मायादिन नामको टेलिभिजनसँग भने, ‘त्यहाँ जताततै पीडित र घाइते छन्।’

त्यसैगरी लेबनानका प्रधानमन्त्री हसन डायबले देशसमक्ष घटनामा जिम्मेवारलाई कठघरामा उभ्याइने बताएका छन्। ‘यसमा जिम्मेबारहरूले यसको मूल्य तिर्नुपर्नेछ’, राष्ट्रलाई टेलिभिजनमार्फत गरेको टेलिभिजन सम्बोधनमा उनले भने। उनले घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  त्यहाँ भएको विस्फोटको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

चर्चामा

सम्बन्धित समाचार