बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • बाजुराकाे त्रिवेणी नगरपालिकामा भित्रियो सलह

बाजुराकाे त्रिवेणी नगरपालिकामा भित्रियो सलह

  • मङ्लबार, साउन २०, २०७७
बाजुराकाे त्रिवेणी नगरपालिकामा भित्रियो सलह

चक्रबहादुर अएडी /बाजुरा — बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा हजारौको संख्यामा सलह किरा भित्रिएका छन । आज विहान करिव १० बजे तिर भित्रिएका सलह किरा लगाएको बालिमा भित्रिसकेको वडा नम्वर ७ का वडा अध्यक्ष प्रेम बहादुर थापाले जानकारी दिएका छन् ।
अध्यक्ष थापाका अनुसार सलह किरा पुर्व तिरबाट आएको अर्थात कालिकोटबाट भित्रिएको हुनसक्ने बताए । सलह किरा गाउँमा भित्रिएपछि स्थानिए बासि भने चिन्तित भएका छन ।
लगाएको बालि पाँक्ने बेलामा सलह किराले सखाप पार्ने भएपछि कृर्षकहरु त्रसित भएका छन् । करिब दुई तिन हजार जतीको ठुलो समुहमा आकासमा देखिएको र त्यसको केहि समय पछि लगाएको अन्न बालिमा भित्रिएको अध्यक्ष प्रेम बहादुर थापाले बता ।

चर्चामा

सम्बन्धित समाचार