सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार पाँच सय ९३ पुगेको छ । हिजो ४६ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार पाँच सय ९३ पुगेको हो ।
हालसम्म ३२ सय ४८ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १२ सय २७ जना छन् ।यस्तै अछाममा ६९५, बैतडीमा ३१९, बझाङमा २६८, बाजुरामा ४४९, डडेल्धुरामा ३०१, दार्चुलामा ३८, डोटीमा ७३० र कञ्चनपुरमा ५६६ जनामा संक्रमण देखिएको छ । प्रदेशभर २ हजार १ सय ८ जना अझै क्वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।