शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • अझै हुन सकेन बुढीगंगा नगरपालिकाको नगरसभा

अझै हुन सकेन बुढीगंगा नगरपालिकाको नगरसभा

कोरोना र बाढी पहिरोले ढिलो भयो : नगर प्रमुख शाह

  • आइतवार, साउन १८, २०७७
अझै हुन सकेन बुढीगंगा नगरपालिकाको नगरसभा

बाजुरा १८ साउन : संघीय सरकारले असार १० गतेभित्र स्थानीय तहलाई नगरसभा तथा गाउसभा गर्न परिपत्र गरेको भए पनि बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकको भने साउन सकिनै लाग्दा समेत नगरसभा हुन सकेको छैन ।
स्थानिय तहको निर्बाचन पछि यो आर्थिक बर्ष मात्र समयमा नगर नभएको भने हैन । सधैको आर्थिक बर्षको बजेट निति तथा कायक्रम ल्याउदा संघीय सरकारले तोकेको समय भन्दा निकै पछि ल्याउने गरेको छ ।
बुढीगंगा नगरपालिकामा मेयर, उपमेयर र चार ओटा वडाहरुमा नेपाली काँग्रेसले जितेको छ भने छ ओटा वडाहरुमा नेकपाले जितेको छ । नगर कार्यपालिकामा नेकपाको बहुमत छ । बिगतका बर्षहरुमा एक पार्टीले अर्को पाटीलाई दोष दिदै राजनैतिक खिचातानीका कारण बिबादमा आएर नगर सभा समयमा नहुन गरेको थियो । यो वर्ष भने जनप्रतिनिधिहरुले नगरसभा नहुनुको बहाना फेरेका छन् ।
बुढीगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहले यो बर्ष राजनैतिक बिबाद भन्दा पनि प्रमुख प्रशासकीय अधिकृत्त लामो समयसम्म नहुदा बजेट बाडफाट निति तथा कार्यक्रम बनाउन ढिलो भएको बताए । बाजुरा जिल्लाको सबै भन्दा बढी जनसंख्या भएको बाजुरा जिल्लाको बुढीगंगा नरपालिका नै हो भारत लगाएत देशका अन्य जिल्लाहरुबाट नगरपालिका भित्रिनेको संख्या पनि उल्लेखनिय भएको कारणले तिनिहरुको ब्यबस्थापनमा कर्मचारी तथा जनप्रतिनिधि सबै त्यसैको ब्यवस्थापनमा लागियो मेयर शाहले बताए । कोरोना महामारीको ब्यवस्थापनमा लाग्दा जनप्रतिनिधि नै कोरोनाको संक्रमण हुदा नगरसभाको बैठक बसाल्न समस भएको उनले बताए ।
नगरसभाको बैठकको लागि समय समयमा छलफल त हुदै गर्दा वडा नम्बर १ वडा अध्यक्षको मृत्यू भयो । उहाको मृत्यु पछि तीन दिनसम्म नगर सभामा केही काम नै गरिएन वडा अध्यक्षको मृत्यु पछि त्यो वडामा कार्यबहाक कस्लाई दिने टुंगो भएको छैन । टुंगो लगाएर पठाउन वडालाई परिपत्र गरेको नगर प्रमुख शाहले बताए । त्यो पछि बस्ने भनि बैठक बोलाएको थियो, बिचमा बाढी पहिरोले नगरपालिकाको धेरै बस्तिहरुमा बाढी पहिरोले क्षेति पुर्याे सबै जनप्रतिनिधि त्यसैको ब्यवस्थापनमा लाग्दा समयमा नभएको नगर प्रमुख शाहले बताए ।
बुढीगंगा नगरपालिकाका प्रबक्ता माया शाहका अनुसार सघिय सरकारले तोकेकै समयमा नगर सभाको तयारीका लागि जुटेका थियो । त्यसै समय नगर प्रमुख स्वाब लगेर जुम्ला जानु भयो र नगरसभा समयमा नभएको बताईन । नगरपालिकाका दश ओटै वडाले वडा भेलाबाट समयमै योजना छनोट गरेर ल्याई सकेको छ । नगरपालिकामा नै बजेट निति तथा कार्यक्रमको तयारी पुरा नभएकोले नगरसभा नभएको प्रबक्ता शाहले बताईन ।
नगरसभा समयमै नभएको भन्दै नेकपा बुढिगंगा नगरकमिटिले पटक पटक दबाफ दिइरहेको छ । केही दिन पहिला मात्र बिज्ञप्ती जारी गर्दै चाडो भन्दा चाडो नगरसभा गर्न आग्रह गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार