शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, शनिबार ३१५ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, शनिबार ३१५ जना थपिए

  • शनिबार, साउन १७, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, शनिबार ३१५ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ। शनिबार थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ४ जना संक्रमितको मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार