मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • छिमेकी सँग नी हार गुहार

छिमेकी सँग नी हार गुहार

  • शनिबार, साउन १७, २०७७
छिमेकी सँग नी हार गुहार

छिमेकी सँग नी हार गुहार गरेर,
साम्राज्यावादी पुरा सुसार गरेर।

जनताहरु लाई छक्काई मरायो,
नाच्यो लाश माथी गद्धार गरेर।

नगरेको होईनन शहीदको खेती,
आफ्नो मत्लबको तकरार गरेर।

कता गयो बहाव जन क्रान्तिको,
हरायो देशको नै बेडा पार गरेर।

अहिले देखाउँदै छन हेर तमाशा,
सरकार संसदमा मारा मार गरेर।

बिदेशको ईसारामा कटपुत्लीहरु,
सात टुक्रापारे देश चराचार गरेर।

लथालिङ्गै पारे क्रान्तिकारी धारनै,
आफनो ब्यबहारलाई बेकार गरेर।
सुरेशकुमार पाण्डेे 

चर्चामा

सम्बन्धित समाचार