शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • मनाकोटका गाँउ पहिरोले चिराचिरा

मनाकोटका गाँउ पहिरोले चिराचिरा

वडा कार्यलय र सामुदायकि स्वास्थ्य केन्द्र जोखिममा

  • शुक्रबार, साउन १६, २०७७
मनाकोटका गाँउ पहिरोले चिराचिरा

गौमुल गाँउपालिका वडा नम्बर ४, ५ र ६ मनाकोटका गाँउहरु पहिराले पुरै चिरा चिरा पारेको छ । एक गाँउबाट अर्को गाँउ जान पनि समस्या भएको छ । बाटो भत्किएका कारणले एक ठाँउ बाट अर्को ठाँउमा जान निकै समस्या भएको गौमुल गाँउपालिका उपाअध्यक्ष सिता थापाले वताएकि छन् ।
साविकको मनाकोट गाबिसमा बाटो स्थानिय सडक र गाँउहरु पुरै जोखिममा रहेका छन् । बिद्यालय वडा कार्यलय, स्वास्थ्य केन्द्र पनि पहिरोको जोखिममा रहेका छन् । गौमुल गाँउपालिका वडा नम्बर ५ को वडा कार्यलय र सामुदायिक स्वास्थ्य केन्द्रको चारै तिर बाट पहिरो आएको छ । पहिरो बाट वडा कार्यलय र सामुदायिक स्वस्थ्य केन्द्र उच्च जोखिममा रहेको वडा सचिब कमला रेग्मिले बडिमालिका खबरलाई वताएकि छन् । कार्यलयको तल माथि चारैतिर पहिरो आएको छ, वडा कार्यलयमा बसेर काम गर्न समस्या भएको रेग्मिले वताएकि छन् ।
गाँउपालिकाको कार्यलय बाट मनाकोट जान पनि निकै जोखिम रहेको छ । ठाँउ ठाँउ बाट पहिरो गएको छ, माथि बाट कति बेला पहिरो आउने हो ज्या जोखिममा राखेर हिडडुल गर्नु परेको कोट गाँउका लोकेन्द्र रोकायाले वताएका छन् । आवतजावत गर्न समस्या भएकाले गाँउमा दैनिक उपभोग्य सामानको अभाब भएको उनले वताएका छन् ।
मार्तडी देखी गौमुल सम्मको सडक भने असारमै अबरोध भइसकेको थियो । आवतजावत गर्न पनि मार्तडी देखी गौमुल गाँउपालिकाको कार्यलय घटमुना गर्न समस्या भएको गाँउपालिकाको कार्यलय वताएको छ । गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने गाँउपालिका पहिरोको उच्च जोखिममा रहेको छ, स्थानियलाई सुरक्षित बस्ने आग्रह गरेका छौ, क्षति भएको ठाँउको विवरण संकलन गरिरहेको उनले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार