शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सौन्दर्य
  • प्रचारमा आउन नसकेको बुढिनन्दामा लुकेको सम्पदा

प्रचारमा आउन नसकेको बुढिनन्दामा लुकेको सम्पदा

  • बिहिबार, साउन १५, २०७७
प्रचारमा आउन नसकेको बुढिनन्दामा लुकेको सम्पदा

प्रकाश सिंह
बाजुराको धार्मिक तथा पर्यटकिय बुढिनन्दा क्षेत्र प्रचारमा आउन सकेको छैन् । हरियाली पाटन, प्राकृतिक सौन्दर्यले भरीपुर्ण छ, सधै बुढिनन्दा बसौ जस्तो लाग्छ । बुढिनन्दा जान ग्राहो र समय लाग्ने भएपनि त्यहा पुग्दा भने दुख कष्ट सबै मेटीएर आन्नद आउने गरेको छ । सौन्दर्यको धनी भएपनि बुढिनन्दा प्रचार प्रसारको भने निकै कमि रहेको छ । ‘बुढिनन्दा पुग्नु भन्दा पहिला त यस्तो थियो, भन्ने कल्पना समेत नरहेको बुढिनन्दा पुगेका गोपाल कार्की भनाई छ’ । हरियाली पाटन, ढकम्क फुलेका फुलहरु, अनि तालहरुले बुढिनन्दालाई बेहुली झै सिगारको छ ।
बाजुराको कोल्टि गाबिसमा पर्ने बुढिनन्दामा बर्षको एकपटक जनै पुर्णिमाको दिनमा मात्र दर्शन गर्न जाने प्रचलन रहेको छ । दर्शन गर्न जाने तिर्थालुहरु त्यहाँ पुग्दा सबै दुख कष्ट समेत भुलिने गरेको बताउछन् । मागेको बरदान पुरा हुन्छ, भने बिश्वासले धार्मिक महिमा बढाएको छ । प्राकृतिक रुपमा त्यसको बर्णन गर्न पनि नसकिने बुढिनन्दाका पुगेका नेकपा जिल्ला कमिटि सदस्य पुर रावतको भनाई रहेको छ । यो क्षेत्र धार्मीक तथा पर्यटकिय रुपमा निकै धनीका रुपमा रहेको छ । ‘लौठी बिनायक, खेतिबेती, बर माग्ने डाडो, गाई गोड, धौली गाड, धन भडार, छाप्रे पाटन, कयौ प्रजातिका रङ्गि बिरङ्ग फुलहरु, पशु पन्क्षि र आधा दर्जन भन्दा बढि तालहरु बुढिनन्दा क्षेत्रका मुख्य आर्कषकका रुपमा रहेका छन्’ ।

प्राकृतिक सुन्दरताका उपहारले अनुपम झै लाग्ने बुढिनन्दाको बारेमा ब्यापक चर्चा चपिलरहँदा सो क्षेत्रमा सात वटा तालहरु रहेको खुल्न आएको छ । सदरमुकाम मार्तडी बाट ४ दिन पैदल पुग्ने यस क्षेत्रको सबै भन्दा ठुलो र उचाई रहेको बुढिनन्दा ताल रहेको छ । अन्य कैलाशा ताल, राक्षस ताल लगातका सात वटा तालहरु रहेका छन् । त्यस क्षेत्रमा रहेको ठुलो बुढिनन्दा ताल ४ हजार ५ सय ८१ मिटर उचाई रहेको छ । संसारको उच्च भागमा रहेको तिलिचो ताल भन्दा दोस्रोमा यो ताल हुन सक्ने बाजुरा बासीको रहेको छ । तर यसको अहिले सम्म कतै बाट पनि अध्ययन भने भएको छैन् । त्यस ताल वरीपरी परिक्रम गर्न एक घण्टा १५ मिनेट भन्दा बढि समय लाग्ने गरेको छ । यो ताल ठुला पहाडहरु बिचमा गोलो आकारमा रहेको छ । वरीपरी पुरै चट्टान चट्टान मात्र रहेका छन् । अहिले साउनको महिनामा पनि डाडाहरुमा हिउ रहेको छ । ति डाडाहरु बाट पग्लेर आएको हिउ तालमा जम्मा हुने गरेको छ । त्यस्तै कैलाशा ताल र राक्षस ताल पनि परीक्रम गर्न आधा घण्टा भन्दा बढि समय लाग्ने गरेको छ । एउटा ताल बाट अर्को तालमा जान आधा घण्टा देखी ४ घण्टा सम्म लाग्ने गरेको छ ।


१४ हजार फिट भन्दा माथि रहेको बुढिनन्दामा दर्जनौ हरियाली फाटहरु ढकम्क फुलेका फुलहरु हेर्दा मनै कहलिने गरेको छ । जादा बाटोमा होटलहरुको ब्यबस्था नभएपनि गोठालाहरुले दर्शनार्थीहरुको भब्य स्वागत सत्कार गर्ने गर्दछन् । बर्षायाममा पनि बुढिनन्दामा सेत्तामे हिँउ समेत देख्न पाईने गरेको छ । अझै भन्नु पर्दा जडिबुटिको मुख्य भण्डारको रुपमा लिने गरेको नुरीका स्थानिय धन रोकायाले बताएका छन् । पर्यटकिय सम्भाबनाको प्रचुर सम्भावना भएपनि बुढिनन्दा क्षेत्रको अस्थित्व गुम्दै गएको छ । अहिले सम्म पनि त्यस क्षेत्र र तालहरुको पहिचानमा सरकारले कुनै चासो देखाएको छैन् । “यी तालहरुको शंरक्षणमा र प्रचार प्रसारमा सरकारको ध्यान जाने हो, भने यो क्षेत्र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परीचित हुने मार्तडीका जंग बिकको भनाई रहेको छ” । बुढिनन्दाको पर्यटन बिकासका बारेमा राज्यको ध्यान जाने यो भने त्यस क्षेत्रमा पर्यटकहरुको ओइरो समते लाग्ने थियो बिकको भनाई छ ।
सदरमुकाम बाट निकै बिकट र कसैको पनि चासो नभएकाले बुढिनन्दा अहिले सम्म चर्चामा आउन नसकेको बुढिनन्दा पुगेका अछामका रमेश कुवरले बताएका छन् । उनले भने बुढिनन्दा क्षेत्रमा यति रमणिय भएको आफुले पहिलो थाहा पाएको बताएछन् । यसको प्रचार प्रसारमा सबैले लाग्न पनि आबश्यक रहेको बताएका छन् । उनले भने बडिमालिका, रामारोशन, खप्तडमा आफु गएको भएपनि त्यहाँको भन्दा बुढिनन्दा छुटै पहिचान बोकेको छ । बुढिनन्दा पुग्न बाटो राम्रो नभएकाले सारै समस्या छ । यसमा सरकारको ध्यान गई पर्यटकिय मार्गको पहल भएमा सारै राम्रो हुने बताए ।


बुढिनन्दामा बर्षको एक पटक साउने पुर्णिमा अघिल्लो दिनमा पुजाआजा हुने गरेको छ । मनको ईच्छा पुरा हुने मान्यता अनुसार सधैका बर्षमा बुढिनन्दामा पुगि पुजापाठ हुने गरेको जया बुढाले बताए । दर्शन गर्न बाजुराका मात्र नभई अछाम, कालिकोट, मुगु समेतका पुग्ने गरेका छन् । हिउदमा हिउँ हुने भएकाले त्यो ठाँउमा जान सकिदैन । बर्षायामका केही महिना मात्र सकिने भएपनि पुजाआजाको दिनमा मात्र स्थानिय पुग्ने गर्छन् । त्यस क्षेत्रमा जान सदरमुकाम मार्तडी हुदै कोल्टि र दहकोट दुई ठाँउ बाट मात्र जान सकिने गरेको छ । नेपालगञ्ज बाट कोल्टिमा जहाज मार्फत बाहिर जिल्ला दर्शनार्थी आउने गरेका छन् । बुढिनन्दा बाट हुम्ला, जुम्ला, अपि सैपाल हिमाल देखिने गर्दछ । धार्मीक तथा पर्यटकिय सम्भावना निकै भएपनि राज्यको ध्यान भने अहिले सम्म जान सकेको छैन् । यो क्षेत्रको बिकासमा सरकाले चासो देखाएमा पर्यटकिय क्षेत्रका रुपमा बिश्वभरी चर्चा हुने स्थानियले बताएका छन् ।
सदरमुकाम मार्तडी बाट चार दिन पैदल दुरी लाग्ने भएकाले पनि यसको खासै प्रचार हुन नसकेको पाईएको छ । प्रचार प्रसारको अभाब र विकटताले निकै ओझेलमा परेको छ । बडिमालिका जस्तै प्रच्चुर सम्भाबना रहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार