शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • कर्मचारी मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृतिमा फलफुल विरुवा रोपण

कर्मचारी मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृतिमा फलफुल विरुवा रोपण

  • बिहिबार, साउन १५, २०७७
कर्मचारी मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृतिमा फलफुल विरुवा रोपण

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुराले यस वर्षपनि“शहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस फलफुल विरुवा रोपण गरेर मनाएको छ ।स्मृति दिवसका अवसरमा कर्मचारी संगठनले यस बर्ष बाजुरा क्यम्पस परिसरमा फलफुल विरुवा रोपण गरेको हो ।बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डितको प्रमुख आतिथ्यता र आधिकारिक ट्रेड युनियन बाजुराका अध्यक्ष धनवहादुर थापाको विशिष्ट आतिथ्यतामा विहिबार फलफूल बिरुवा रोपण सहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको नेपाल निजामति कर्मचारी संगठन बाजुराका अध्यक्ष मीनप्रसाद जैशीले बताएका छन् ।

फलफुल विरुवा रोपण कार्यक्रममा उक्त कार्यक्रममा अतिथिहरू बाजुरा अस्पताल व्यवस्थापन समिति सदस्य तुला रावल, राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था बाजुराका अध्यक्ष शंकर प्रसाद उपाध्याय र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति उपाध्यक्ष अंगत महत, पश्चिमा रावल रहेका थिए भने अन्य कर्मचारी संगठनसँग आवद्व संगठकहरूकाे उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन नायव सुब्बा दिपेन्द्र पाण्डेले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार