बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको अम्कोटको पहिरोमा बेपत्ता भएका युवककाे खाेजी कार्य जारी

बाजुराको अम्कोटको पहिरोमा बेपत्ता भएका युवककाे खाेजी कार्य जारी

  • बिहिबार, साउन १५, २०७७
बाजुराको अम्कोटको पहिरोमा बेपत्ता भएका युवककाे खाेजी कार्य जारी

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न १ अम्कोटमा पहिरोमा परी बेपत्ता भएका युबकाे खाेजी कार्य जारी रहेकाे छ । बेपत्ता हुनेमा सोही नगरपालिका वडा न १ अम्कोट निबासी बर्ष २१ का धर्मराज पाध्याय रहेका छन । हजाे दिउसाे ३ बजे तिर पहिराेमा परी बेपत्ता भएका थिए । जंगलमा बाख्रा चराउन गएका बेला माथीबाट आएको पहिराेमा परी बेपत्ता भएका हुन ।  ब्यपत्ता भएका पाध्यायको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायालले बताएका छन ।

बाख्रा चराउन गएको समयमा माथीबाट आएको पहिरोमा परी अन्य २ जना घाइते भएका छन । घाइते हुनेमा बर्ष १७ का ज्ञानराज पाध्याय र बर्ष १६ का हरेन्द्र पाध्याय रहेका छन । प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही मध्य १ जना सामान्य र १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबै जनाकाे बयालपाटा अस्पतालमा उपचार भइरहेकाे आफन्तले बताएका छन । ज्ञानराज पाध्यायकाे अबस्था गम्भीर र हरेन्द्र पाध्यायकाे अबस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार