• होमपेज
  • बुढीगंगा
  • बाजुराको अम्कोटको पहिरोमा परी १ जना बेपत्ता २ जना घाइते

बाजुराको अम्कोटको पहिरोमा परी १ जना बेपत्ता २ जना घाइते

  • बुधबार, साउन १४, २०७७
बाजुराको अम्कोटको पहिरोमा परी १ जना बेपत्ता २ जना घाइते
फाइल तस्बीर

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न १ अम्कोटमा पहिरोमा परी एक जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा सोही नगरपालिका वडा न १ अम्कोट निबासी बर्ष २१ का धर्मराज पाध्याय रहेका छन ।

बाख्रा चराउन गएको समयमा माथीबाट आएको पहिरोमा परी अन्य २ जना घाइते भएका छन । घाइते हुनेमा बर्ष १७ का ज्ञानराज पाध्याय र बर्ष १६ का हरेन्द्र पाध्याय रहेका छन ।  प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही मध्य १ जना सामान्य र १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

ज्ञानराज पाध्यायकाे अबस्था गम्भीर र हरेन्द्र पाध्यायकाे अबस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ब्यपत्ता भएका पाध्यायको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायालले बताएका छन । आज दिउसो ३ बजेतिर बाख्रा चराउन गएको बेला सो घटना भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार