शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका र बुढिनन्दा तिर्थयात्रामा जान अन्तिम तयारी, बाजुराकाे सरकारी टाेली भाेली प्रस्थान हुने

बडिमालिका र बुढिनन्दा तिर्थयात्रामा जान अन्तिम तयारी, बाजुराकाे सरकारी टाेली भाेली प्रस्थान हुने

  • बुधबार, साउन १४, २०७७
बडिमालिका र बुढिनन्दा तिर्थयात्रामा जान अन्तिम तयारी, बाजुराकाे सरकारी टाेली भाेली प्रस्थान हुने
४ हजार ५ सय ८१ मिटर उचाइमा रहेको बुढिनन्दा ताल । तस्बीर : बडिमालिका खवर

लक्ष्मीराज पाध्याय — प्रसिद्ध धार्मिक स्थल बडीमालिका तीर्थयात्रा शनिबारदेखि विधिवत् रुपमा भोलीदेखी सुरु हुने भएको छ । बाजुराको बडीमालिका मन्दिरमा जनैपूणर्िमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्छ । यस बर्ष बडीमालिकामा श्रावण १८ गते मूलपूजा गर्न मेला लाग्ने भएको छ । जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, यहाँ स्थित सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार बिहीबार बडीमालिका जान लागेको सरकारी अधिकारीले बताएका छन । समुद्रीसतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका बडीमालिका पुग्न सात दिनको पैदल यात्रामा हजारौ भक्तालुहरु यात्रामा जाने गर्दछन । यस बर्ष भने कोबिट १९को प्रभावले थोरै मात्र तिर्थ यात्री हुने पुर्ब अनुमान गरिएको सरकारी अधिकारीले जनाएका छन । झरी होस् कि जाडो तीर्थालुहरु मौसमको खासै परवाह नगरी हजारौ तिर्थयात्रामा जाने गर्दछन । १४ हजार फीट उचाईमा बडिमालिकाको यात्रालाई धार्मीक रुपमा महत्वपुणर् मानिन्छ । तर, माथि पुगिसकेपछि यात्राका सबै कष्ट भुलिने बडिमालिका गइसकेका बाजुराका स्थानीय पुर बहादुर रावतले बताए ।
औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान भइसकेको बताइएको छ । पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि कायमै रहेको छ । अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ । बाजुराबाट बडीमालिका पुग्न तोकिएका स्थानहरूमा बसेर तीन दिन लगाउनैपर्ने परम्परा छ ।


बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकाको सिमानामा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउछन् । स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बाया अंग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताए ।
मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन् । करिब १४ हजार फिट उचाइका समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौं प्रजातिका फूलको रमणीयताले बडीमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने बडिमालिका पुगेकाहरुको अनुभव रहेको छ ।
देश विदेश बाट पनि तिर्थालु पुग्ने गर्दछन । बडीमालिका माईको दर्शनका लागी विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, जुम्ला, मुगु हुम्ला र कालिकोटबाट तिथार्लु पुग्ने गर्दछन् । काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ । बडीमालिका माइको पूजा गर्दा र बर माग्दा चाहेको कुरा पुरा हुने विश्वास रहेको छ । जनैपुणिर्माका दिन गरिने पूजाका लागि १५ दिन अघि देखी नै तयारी गर्ने चलन रहिआएकोछ ।

    फाइल तस्वीर

बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला सदरमु्काम मार्तडी लगायतका बजारहरुमा मालिका जानेहरुको सामान किन्नेहरुको लाम लागेको छ । बाजुरा जिल्लाका महत्वपुणर् धार्मिक स्थल बुढिनन्दा नगरपालिकामा रहेको बुढिनन्दा, बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकामा रहेको बडिमालिका र नाटेश्वरी, जुकोटको स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिकामा रहेको बडालेख लगाएतका धार्मीक पिठमा साउन पुणर्िमाको दिन एकै दिन पुजाआजा हुने भएकोले श्रदालु भक्तजन त्यस ठाउतिर प्रश्थान भइसकेका छन । धार्मिक तथा जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिबेणि, कालाजग्रा गुफा ताल, दउने ताल लगाएतका तालहरु अस्तित्व संरक्षणको अभाबमा भए पनी प्राकृतीक सौन्दरता भने हराएको छैन । बाजुराको बुढिनन्दामा धामीक आस्था संगै सुन्दरताले भरीपुणर् रही आएको छ । बुढिनन्दा थपनको संगै चट्टानै चट्टानको बिचमा ठुलो ताल छ यस वरीपरी साना ठुला गरी अरु ९ ओटा तालहरु पनी छन । मुख्य तालको उचाइ ४ हजार ५ सय ८१ मिटर उचाइमा रहेको यो ताल तिलिचो पछी दोस्रो ताल हो ।

चर्चामा

सम्बन्धित समाचार