शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देश बिषालु छार लाई जिलाए पछि बन्छ

देश बिषालु छार लाई जिलाए पछि बन्छ

  • बुधबार, साउन १४, २०७७
देश बिषालु छार लाई जिलाए पछि बन्छ

देश बिषालु छार लाई जिलाए पछि बन्छ,
सुनौलो बगैचा त फुल खिलाए पछि बन्छ।

भबिश्य सुनौलो बनाएर देखाउँला देशको,
यहि माटो भित्र पसिना मिलाए पछि बन्छ।

तिम्रो हाम्रो एकता त सदै भरी लाई अम्मर,
फाटेको यो हृदया लाई सिलाए पछि बन्छ।

एकले आर्काको आँखाको कसिङ्गर नबनी,
आँखा भित्र नानी जस्तै बिलाए पछि बन्छ।

न रिङ्गाउ मदिरा अलकोहलले समाज लाई,
समृधी त सदै अमृतधार पिलाए पछि बन्छ।

चाहिँदैन देश द्रोही औलाद यो देश मा कहिँ,
देशलाई देशभक्ति संतती दिलाए पछि बन्छ।

जुटेर हिमाल पहाड तराई सारा एक ढिक्का,
साम्राज्यावादको किल्ला हिलाए पछि बन्छ।
सुरेशकुमार पान्डे२९-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार