• होमपेज
  • समाज
  • कैलालीमा राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिन्छु भन्दै प्रहरीले लिए साढे ३ लाख

कैलालीमा राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिन्छु भन्दै प्रहरीले लिए साढे ३ लाख

  • मङ्लबार, साउन १३, २०७७
कैलालीमा राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिन्छु भन्दै प्रहरीले लिए साढे ३ लाख

धनगढी: कैलालीका एक युवकलाई राष्ट्रिय अनुसन्धानमा जागिर लगादिन्छु भन्दै दुई जना प्रहरीले साढे तीन लाख रकम लिएको खुलेको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्वर ७ का मोहन चौधरीलाई राष्ट्रिय अनुसन्धानमा जागिर लगादिन्छु भन्दै कैलाली घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान राकेश चौधरी र काठमाडौँमा कार्यरत लोकेन्द्र विष्टले तीन लाख ५० हजार रकम लिएको खुलेको हो।

राकेशका बुवा छेदु चौधरीले जागिर लगाईदिन्छु भन्दै साढे तीन लाख दिएको बताए। ‘२०७६ साल कार्तिक २१ गते दुई लाख ५० हजार लोकेन्द्र विष्टको खातामा पठाएको भौचर मसंगै छ,’ चौधरीले दिनेश खबरलाई भने, ‘अर्को पटक थप एक लाख पनि सोही खातामा पठाएको थिए। अहिलेसम्म छोराले जागिर पनि पाएको छैन्। रकम पनि फिर्ता भएको छैन्।’ प्रहरी जवान राकेश चौधरीले तीन लाख ५० हजार दिएपछि राष्ट्रिय अनुसन्धानमा जागिर पाईन्छ भन्दै लोकेन्द्र विष्टको खातामा रकम हाल्न लगाएको चौधरीले बताए।

यता प्रहरी जवान राकेश चौधरीले पनि तीन लाख ५० हजार रकम लोकेन्द्र विष्टको खातामा पठाईएको स्विकार गरे। ‘विष्टले राष्ट्रिय अनुसन्धानमा कसैलाई जागिर चाहिएको छ भने खवर गर्नु भनेक थिए,’ चौधरीले भने, ‘मोहन चौधरीहरु मेरो पनि आफन्त भएकाले विष्टको खातामा साढे तीन लाख पठाउन भनेको हुँ। अहिले रकम पठाएपछि विष्ट सम्पर्क विहिन भएका छन्।’

उनका अनुसार विष्टले अन्य थुपै्रबाट समेत जागिर लगाईदिने भन्दै रकम लिएका छन् भने कैलालीमै घर भएका उनी काठमाडौँमा कार्यरत छन्। विष्टलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।

चर्चामा

सम्बन्धित समाचार