• होमपेज
  • प्रदेश ७
  • बझाङमा कोरोनाका कारण थप एक जनाको मृत्यु

बझाङमा कोरोनाका कारण थप एक जनाको मृत्यु

  • मङ्लबार, साउन १३, २०७७
बझाङमा कोरोनाका कारण थप एक जनाको मृत्यु

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका –३ का ६५ वर्षका एक वृद्ध छन्। मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो।

घरमा बसिरहेको समयमा उनमा ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जोशीले बताए। ‘उहाँलाई मृत्युपश्चात कोरोना पुष्टि भएको हो’ उनले  भने।

उनी असार २४ गते भारतबाट फर्किएका थिए। उनको ९ साउनमै परम्परागत रूपमा दहासंस्कार गरिएको थियो। योेसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार