• होमपेज
  • समाज
  • बाजुरामा समुदाय स्तरमा कोराना जाँच गरिदै

बाजुरामा समुदाय स्तरमा कोराना जाँच गरिदै

  • मङ्लबार, साउन १३, २०७७
बाजुरामा समुदाय स्तरमा कोराना जाँच गरिदै

बाजुरा जिल्लामा समुदाय स्तरमा कोरोना जाँच गरिने भएको छ । पहिलो चरणमा जिल्ला बाहिर र भारत बाट आएको जाँच गरेपछि दोस्रो चरणमा समुदायमा कोरोना जाँच गरिने भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बडिमालिका खबरलाई बताएका छन् ।
समुदायमा कोरोना फैलिएको छ या छैन भनेर जिल्लाका ९ वटा स्थानिय तहका ८ सय २० जनाको जाँच गरिने भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । बर्षातले आवतजावत गर्न समस्या भएकाले हेलिकप्टरको पहल भइरहेको केही दिनमा स्वाब संकलन गरिने भएको पन्तले वताएका छन् । सडक र बाटो बर्षातले बन्द भएकाले संकलन गर्न समस्या भएकाले हेलिकप्टर मार्फत संकलन गर्ने योजना रहेको कार्यलयले जनाएको छ ।
८ सय २० जनाको जाँच गर्ने छौ, त्यसमा सबैको नेगेटिभ आएमा समुदायमा नसरेको भन्ने हुन्छ, चेकजाँचमा भारत बाट आएका परिवारका सदस्यहरुको गरिने भएको दयाकृष्ण पन्तले वताए । बुढिगंगामा ३ सय ९२ जना, त्रिबेणीमा १ सय ४७, बडिमालिकामा ८२ जना, बुढीनन्दामा ६१ जनाको जाँच गरिने भएको छ । त्यस्तै खप्तडछेडेदहमा ७५ जना, गौमुलमा ३३ जना, जगन्नाथमा १० जना, स्वामिकार्तिकमा १० र हिमालीमा १० जनाको जाँच गरिने भएको छ ।
बाजुरामा ५ सय ७२ जना कोरानो संक्रमित देखा परेका छन् । एक जना दुई बर्ष वालिका भने मृत्यु भइसकेको छ । क्वारेनटाइनमा आत्माहत्या गरेको एक पुरुषमा पनि कोरानो पुष्टि भएको थियो । ७ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । ५ सय ६६ जना भने संक्रमित भने सञ्चो भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार