• होमपेज
  • बडिमालिका
  • हरडे खोला देखी मार्तडीसम्मको सडक आङ्सिकरुपमा संचालनमा

हरडे खोला देखी मार्तडीसम्मको सडक आङ्सिकरुपमा संचालनमा

  • सोमवार, साउन १२, २०७७
हरडे खोला देखी मार्तडीसम्मको सडक आङ्सिकरुपमा संचालनमा

बाजुरा १२ साउन — लगातरको बर्षाका कारण पहिरो आएपछि बन्द भएको साफेबगर मार्तडी सडक हरडे खोला देखी मार्तडीसम्म आंङ्सिक रुपमा संचालनमा आएको छ ।
सडक खण्डको पानीनाउला नुन्यापानी ओल्याना तिपाडा लगाएतका गएको पहिरो स्काईभेटरले पन्छाएपछि हरडे खोलासम्म यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक टंकप्रशाद भट्टराईले जानकारी दिए । आज पहिलो दिन मार्तडी देखी तिपाडासम्मको ठाउ ठाउमा गएको पहिरो सामन्यरुपमा पन्छाईएको र भोली त्यो भन्दा तल द्धारीसम्मको पहिरो पन्छाउने भएको प्रहरी प्रमुख भट्टराईले बताए ।
लगातारको बर्षाका कारण सदरमुकाम मार्तडी जोड्ने साफेबगर मार्तडी सडकको ठाउ ठाउमा पहिरो गएपछि यातायात रोकीएको तीन साता बित्न थाल्यो ।
आज पानी कम भएर सडकमा खसेको पहिरो पन्छाएर संचालनमा आएको छ माथिबाट पहिरो बग्नेकाम भईरहेको छ पानी आउने बितिकै जतिबेला पनि यातायात रोकीन सक्ने यातायात ब्यबसायिहरुले बताएका छन् । आँसिकरुपमा भएपनि सडक संचालन पछि यात्रुहरुलाई सहज भएको छ ।
द्धाी देखी बल्दे हुदै ताँप्रीसेरासम्काको छेदबिछेद सडक संचालनको लागि समय लाग्ने सडक डिभिजन कार्यालय साफेबगरका ईन्जिनियर दमन बिष्टले बताए ।
सडक नराम्ररी छेदबिछेद भएकोले २० दिन भन्दा बढीसमय लाग्ने बिष्टले बताए । बल्देसम्मको संचालित सडक साउन चार गतेको अबिरल बर्षाले बुढीगंगा नगरपालिका २ को ताप्रीसेराको घट्टे खोलाको पक्की पुल बगाएपछि यातायात तांप्रीसेराई राकीएका छन् । घट्टे खोलामा तत्काल पुल हाल्न नसकीएपनि खोलामै डाईभर्सन बनाएर बल्देसम्म यातायात संचालन गरिने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार