शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला अस्पताल बाजुरामा कार्यरत कर्मचारिको अस्पतालले गर्यो एक मुष्ट स्वास्थ्य बिमा

जिल्ला अस्पताल बाजुरामा कार्यरत कर्मचारिको अस्पतालले गर्यो एक मुष्ट स्वास्थ्य बिमा

  • सोमवार, साउन १२, २०७७
जिल्ला अस्पताल बाजुरामा कार्यरत कर्मचारिको अस्पतालले गर्यो एक मुष्ट  स्वास्थ्य बिमा

बाजुरा १२ साउन ः जिल्ला अस्पताल बाजुरामा कार्यरत कर्मचारि तथा अस्पताल ब्यबस्थापन समितिका पदाधिकारीहरुलेको एक मुष्ट स्वास्थ्य उपचार बिमा गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारि र ब्यबस्थापन समितिका ८२ जनाका स परिवारको स्वास्थ्य उपचार बिमा गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले जनाकारी दिए ।
स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कको ५० प्रतिशत रकम अस्पताल आफैले हालिदिएको र बाकी रकम स्वायम ब्यक्तिले तिर्नु पर्ने गरि बिमा गरिएको कार्यालय प्रमुख बिश्वकर्माले बताए । स्वास्थ्य उपचार बिमा गर्दा पाच जनाको परिवारलाई ३ हजार ५ सय रुपैया लाग्छ । त्यो पैशाको १ हजार ७ सय ५० रुपैया अस्पतालले तिर्ने भएको र बाकी स्वायम ब्यक्तिले तिरेर बिमा गरिएको हो । पाच जना भन्दा बढीको परिवाको संख्याको आधामा सात सयका दरले स्वायम ब्यक्तिले तिर्नु पर्ने ।

पाच जनासम्मको परिवारलाई प्रति परिवार ३ हजार ५ सय विमा शुल्क तिरे वापत १ लाखसम्मको निशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गरेको छ ।
करिब २ लाख अस्पतालको लागतमा ८२ लाखसम्मको आर्थिक कारोबार हुने अस्पताल व्यवस्थापन समिति अध्यक्ष भरत थापाले बताएका छन् । सरकारी कार्यालयले सम्पूर्ण कर्मचारीको एकमुष्ट विमा गरेको पहिलो अभ्यास भएको थापाको भनाई छ ।

स्वास्थ्यकर्मी तथा कर्मचारीले उपचार सेवा लिनै पर्छ, विमा बोर्डले उपचारका लागि स्वीकृत गरेको संस्था पनि जिल्लाका हकमा पहिलो जिल्ल अस्पताल नै हो, संस्थागत हित र परिवारको स्वास्थ्य सुरक्षाका लागि पनि एकमुष्ट विमा गराएको अध्यक्ष थापाले बताए ।

विमा गराएको बारे स्वयम व्यक्तिलाई विमा कार्ड हस्तान्त्रण विमा कार्ड जिल्ला नाम दर्ता अधिकारी तारा रोकायाले स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष भरत थापा सहीत समिति सदस्यहरु, कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्मा सहीत स्वास्थ्य कर्मीलाई हस्तान्त्रण गरिएकी थिईन ।

स्वास्थ्य कर्मी, कर्मचारी र समितिका सदस्यहरुलाई लगानी अभावले विमा गराएको नभई स्वास्थ्य विमा प्रवद्र्धन तथा कार्यालयका लागि हुने दिर्घकालिन हितका लागि सम्बन्धी जिल्ला अस्पताल सहीत सूचीकृत गरिएको वा बोर्डले सिफारिस गरेको स्वस्थ्य संस्थाबाट एक वर्षका लागि उपचार सेवा उपलब्ध गराउने गरिएको जिल्ला नाम दर्ता अधिकारी तारा रोकायाले बताएकी छन् ।

जिल्लामा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्दै गइरहेको अवस्थामा जिल्ला अस्पतालले गरेको काम अरुका लागि उदारणीय र स्वास्थ्य सुरक्षाका साथै राज्यको नीतिलाई सहयोग पुग्ने खालको रहेको रोकायाको भनाई छ ।
राज्यले गरिब तथा विपन्न समुदायलाई स्वास्थ्यमा सहज पहुँच पुर्याएर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य सहीत स्वास्थ्य विमा कार्यक्रम सञ्चालन
जिल्लामा २०६८ सालको जनगणना अनुसार २०९०८ वटा परिवार संख्या रहेको छ । ती सबै घरलाई स्वास्थ्य विमामा आवद्ध गराउने लक्ष्य सहीत कार्यक्रम सञ्चालन गरिएको छ । विमा गराएका मध्ये २० प्रतिशत अति विपन्न परिवार रहेको र तीनको निशुल्क विमा समेत भईरहेको छ । सेवाका लागि जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र जिल्ला अस्पताल बाजुरालाई सूचिकृत गरिएको छ । स्थानीयले तोकिएका दुईवटा स्वास्थ्य संस्थाबाट उपचार सेवा संभव नभए रिफर प्रमाणका आधारमा अछामको बयालपाटा, डडेल्धुरा, सेती अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार सुविधा उपलब्ध हुने बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार