• होमपेज
  • समाज
  • धनगढीमा कुहिएको चामल प्रकरणमा मेयर उपमेयरको संलग्नताबारे काँग्रेसको जाँचबुझ

धनगढीमा कुहिएको चामल प्रकरणमा मेयर उपमेयरको संलग्नताबारे काँग्रेसको जाँचबुझ

  • आइतवार, साउन ११, २०७७
धनगढीमा कुहिएको चामल प्रकरणमा मेयर उपमेयरको संलग्नताबारे काँग्रेसको जाँचबुझ

धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेपछि मेयर, उपमयेर लगायतका काँग्रेसबाट विजयी जनप्रतिनिधिको संलग्नता बारे नेपाली काँग्रेसले जाँचबुझ गरेको छ। मेयर नृप वहादुर वड, उप मेयर सुशिला मिश्र भट्ट लगायतका केही वडा अध्यक्ष र वडा सदस्यहरुको संलग्नता बारे काँग्रेसले जाँचबुझ प्रतिवेदन तयार पारेको हो।

नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले जाँचबुझ समितिले कुहिएको चामल वितरण प्रकरणमा मेयर, उप मेयर लगायतका जनप्रतिनिधिको संलग्नता छ वा छैन् भन्ने बारे जाँचबुझ प्रतिवेदन तयार पारेको बताए। ‘कुहिएको चामल वितरणपछि अहिले अख्तियार अनुसन्धान आयोगले पनि छानविन अगाडि बढाएको छ,’ उनले भने, ‘नेपाली काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिको संलग्नता छ वा छैन् भन्ने विषयमा प्रतिवेदन तयार पारेका छौ। आवश्यक परे कारवाहीका लागि सिफारिस गर्नेछौ। केन्द्रिय समितिले माग गरेपछि हामीले प्रतिवेदन दिनुपर्छ।’

लकडाउनबाट प्रभावितलाई राहत वितरण गर्न उप–महानगरपालिकाले धनगढीको ठाकुर ट्रेड लिङ्कलाई दुई करोड ६१ लाखमा राहतको चामल, दाल, साबुन, चिनी लगायतका सामाग्री आपूर्ति गर्न ठेक्का दिएको थियो। राहतमा कुहिएको चामल वितरण गरिएको थियो। यस्तै नेपाली काँग्रेस कैलालीका सभापति शाहले गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीमाथि पनि जाँचबुझ गरेको छ। उनी जुवा खेलिरहेको अवस्थामा पटक–पटक पक्राउ परेका छन् भने एक पटक उनको साथबाट हतियार पनि बरामद गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार