• होमपेज
  • बुढीगंगा
  • बाजुरा बुढिगंगा नगरपालिका : केसी गुरुपको चेतावनी पहिलो तारगेट प्रहरी दोस्रोमा मेयर

बाजुरा बुढिगंगा नगरपालिका : केसी गुरुपको चेतावनी पहिलो तारगेट प्रहरी दोस्रोमा मेयर

  • आइतवार, साउन ११, २०७७
बाजुरा बुढिगंगा नगरपालिका : केसी गुरुपको चेतावनी पहिलो तारगेट प्रहरी दोस्रोमा मेयर

बाजुरा– बाजुरा जिल्लाको बुढिगगां नगरपालिकामा शनीबार राती अज्ञात समुह भन्ने गुरुपकाे हातले लेखेको पर्चा समेत भेटिएको छ । पर्चामा केसी गुरुपको निशानामा पहिलो प्रहरी दोस्रोमा बुढिगंगा नगरपालिकाका मेयर लगायत अन्य जनप्रतिनीधी र तेस्रो निशानामा सोही नगरपालिकाका कर्मचारी लेखेको पर्चा भेटाएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन । साे पर्चा कसले कसरी फाल्याे भन्ने बिषयमा थप अनुसन्धन गरिरहेकाे प्रहरी निरीक्षक राेकायाले बताएका छन ।
बुढीगंगा नगरपालिकाको लेखा फाँटमा आगजनी गर्ने गुरुपले सोही ठाउँमा त्यो पर्चा फालेको फेला परेको प्रहरी निरीक्षक रोकायाले बताएका छन । शनीबार राति बुढिगंगा नगरपालिकाको कार्यालयमा अज्ञात भनिएको केसी समुहको संग्लग्नतामा आगजनी गरिएको आसंका गरिएको प्रहरीको भनाई रहेको छ । आगलागिबाट झ्याल नजिकैका फाईलहरु जलेर नष्ट भएको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार