सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाज
  • जय मालिका यातायात प्राली बाजुराको पहलमा ३ किलोमिटर सडक मर्मत

जय मालिका यातायात प्राली बाजुराको पहलमा ३ किलोमिटर सडक मर्मत

  • शनिबार, साउन १०, २०७७
जय मालिका यातायात प्राली बाजुराको पहलमा ३ किलोमिटर सडक मर्मत

 राजेन्द्र बहादुर रोकाया–  बाजुरा लगातारको झरीले अबरुद्ध भएको साफे मार्तडी राजमार्गमा पर्ने ३ किलोमिटर सडक मर्मत गरीएको छ । उक्त सडक जय मालिका यातायात प्रालि प्रधान कार्यालय बाजुराको पहलमा मर्मत गरीएको हो । प्रालिका कोषाध्यउक्ष कालु नाथको अगुवाईमा गएको टोलीमा प्रालीका ३० बढी सदस्यले सडक मर्मत गरेका हुन ।

शनिबार बिहानै देखी सडक सुचारु गर्ने युवहरु सडकमा गएका थिएआज दिनभरी सडकमा आएको पहिरो हटाएपछी यातायातका साधनहरु सुचारु हुने गरी सडक खोलीएको जय मालिका यातायात प्राली बाजुराका कार्यालय प्रमुख प्रेम नाथले बताउनुभयो । साँफे मार्तडी राजमार्गको पानीनाउला, द्धारी लगाएतका ठाउमा आएको पहिरो हटाएर सडक संचालन भएको हो ।

यसैबिच बल्दे, अमकोट र ताँप्रिसेरामा यक महिना देखी अबरुद्ध सडक संचालनके लागी सम्बन्धीत निकायले छिटो पहल गर्न प्रालीले अनुरोध गरेको छ । उक्त सडक संचालनका लागी सम्बन्धीत निकायले छिटो पहल नगरे आफै प्राली बाटो निर्माणमा जुट्ने भएको छ ।

उक्त सडक संचालनका लागी प्रालीले काम अघि बढाउन खोज्दा कुनै बाधा अबरोध नगरी सबै पक्षले सहयोग गर्न जय मालिका यातायात प्रालीका सल्हाकार संयोजक सुरेन्द्र नाथ याेगीले अनुरोध गर्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार