मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा आज २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२०९ पुग्यो

सुदूरपश्चिममा आज २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२०९ पुग्यो

  • शनिबार, साउन १०, २०७७
सुदूरपश्चिममा आज २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२०९ पुग्यो

सुदूरपश्चिममा थप २४ जनाको कोरोना पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा २०, सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा दुई जना, धनगढी प्रयोगशाला र पाटन अस्पतालमा भएको परीक्षणमा एक/एक जना गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरामा भएको परीक्षणमा डोटीका १३, डडेल्धुराका चार र बैतडीका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनका अनुसार पाटन अस्पतालमा भएको परीक्षणमा अछामका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अछामका थप दुई जनामा संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताए।

यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६० जनाको कोरोना परीक्षण गरिएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार तीन सय ६० जनाको कोरोना परीक्षण गर्दा एक जनामा मात्रै संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १७ बर्षीय युवकमा संक्रमण पुष्टि भएको उनले दिनेश खवरलाई जानकारी दिए।

आज २४ जना संक्रमित थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार दुई सय नौँ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अछाममा ६ सय ४८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका दुई हजार दुई सय ९६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ९८, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ।

कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार ९ सय बढि घर र स्थानीय तहको क्वारेन्टिनमा छन्।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा दुई जना गरी ५६ जनाको उपचार भईरहेको छ। प्रदेश सरकारले कोरोना अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आईसोलसन भने विगत पाँच दिनदेखि खाली रहेको छ।

चर्चामा

सम्बन्धित समाचार