मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्मपन्न

नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्मपन्न

  • शनिबार, साउन १०, २०७७
नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्मपन्न

जिल्ला सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाले शनिबार नगरबाट संचालित योजना तथ कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएकाे छ । नगरपालिकाबाट १ देखि ९ वटै वडामा गरिएका कार्यको प्रगति र वडाले विनियोजन गरेको रकम खर्चको विवरण सार्वजनिक बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेकाे हाे ।
नगरपालिकाद्वारा संचालित आर्थिक वर्ष ०७६र०७७ का योजना तथा कार्यक्रमको समीक्षा गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल वि कले जानकारी दिएका छन् ।  नगरपालकाको प्रत्येक वडाको प्रगति विवरण महिला बालबालिकाका, दलित, एकल महिला लगायको रकमको खर्च नगरपालिकाका पशु, कृषि, स्वास्थ्य, महिला तथा बालबालिका उपशाखा, लगायतको प्रगति विवरण प्रस्तुत बिकले बताए ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममन नगर उप प्रमुख कविता विष्ट,नाै वटै वडाका वडाध्यक्ष अतिथी रहेका छन् । भने कार्यक्रमको स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृतले गरेको समीक्षा कार्यक्रमको संचालन नगरपालिकाका कर्मचारी वीरबहादुर विष्टले गरेका हुन् । वार्षिक समिक्षा कार्यक्रममा नगरपालिकाका सबै वडाध्यक्ष , कर्मचारी र पत्रकाहरुको पनि सहभमगी रहेको थियाे ।

चर्चामा

सम्बन्धित समाचार