• होमपेज
  • प्रदेश ७
  • धनगढी परीक्षणमा कैलालीका थप ८ जनामा कोरोना पुष्टि

धनगढी परीक्षणमा कैलालीका थप ८ जनामा कोरोना पुष्टि

  • शुक्रबार, साउन ९, २०७७
धनगढी परीक्षणमा कैलालीका थप ८ जनामा कोरोना पुष्टि

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका थप ८ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएका परीक्षणमा एक महिला र सात पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको हो।  प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार टीकापुर नगरपालिका वडा नम्वर ४ का तीन पुरुष, वडा नम्वर ३ का दुई पुरुष र वडा नम्वर १ का एक पुरुषमा कोरोना पुष्टि भएको छ। यस्तै जानकी गाउँपालिका वडा नम्वर ३ का ३० बर्षीय महिला र १६ बर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४९ जनाको कोरोना परीक्षण भएको समेत सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ८५ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार दुई सय ८० जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ४४, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय १३, डडेल्धुराका दुई सय ९९, बैतडीका दुई सय ७६, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो।

चर्चामा

सम्बन्धित समाचार