शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • खै कहाॅ छ मानवता ?

खै कहाॅ छ मानवता ?

  • शुक्रबार, साउन ९, २०७७
खै कहाॅ छ मानवता ?

खै कहाॅ छ मानवता ?
वर्षौ सम्म आधी ज्यान दिएकी
आमा विधुवा भएपछि छोराको
घरमा नअटेको देख्छु
बैसमा सासुले बुहारीलाई र
बृद्धा हुदा सासुलाई बहारीले
पालै पालो बदला लिएको देख्छु
खै कहाॅ छ मानवता?

कहि छोराले आमालाई
बलत्कार गरेको देख्छु
कतै बाबुले छोरीलाई जबर्जस्ती
त कतै दाइ भाईले दिदी बहिनीलाई
आफ्नै भ्रुण बोकाएको देख्छु
प्रश्न यो मात्र आउछॅ पुरूषले बलजबर्जस्ती गर्यो
खोज्दैन कसैले बाउकाका दाइभाईले
के गर्यो
खै कहाॅ छ मानवता?

तिनचार वर्षका नावाला
मन्दिर तिर माग्न पठाएको देख्छु
बाआमा मिली जुवातास मदीरामा
मस्ति कटाएको देख्छु
नकमायोस भलै आफैले
दिनेहरुसंग थाप्दा पनि कति दिने भनि
धम्किले अन्य भाग पनि आफै संग समेटेको देख्छु
देउतालाई भनि चढाएको फल
राजाले टिपी भकारीमा लुकाएको देख्छु
खै कहाॅ छ मानवता?

आजको समाज सेवा
झिंगे माछा बाडेर आउछन
समचार मैले समुन्द्रै
प्रदान गरेको पढ्छु
ए हजुर भोक लाग्यो भनि
बुढी आमाले गुहार माग्दा
भित्र माटो बाहिर बिस्कुटको खोल राखी
दुर-सन्चारमा तस्विर कैद गरेको देख्छु
खै कहाॅ छ मानवता?

दिनदुखीले पाउन छुटोस या जे होस
दिनेको नाम नम्बर एक मा हुनु पर्ने
कोइला पढाउनेबाट सकेसम्म
पाउनेको उत्तर हिरा नै सुन्नु पर्ने
कसैबाट सहयोग लिनलाई यहाॅ
केही न केही नाता बनाउनै पर्ने
मन्त्रि भेट्न सरकारको आधिकारीकलाई हेर्न
निधारमा नेता र पाटीको टाटु खोपेर जानु पर्ने
खै कहाॅ छ मानवता?
-अनुस्मृति

चर्चामा

सम्बन्धित समाचार