• होमपेज
  • देश
  • सधैको बर्षातमा हुन्छन, सम्पर्क बिहिन गुम्वा र लाम्पाटा गाँउ

सधैको बर्षातमा हुन्छन, सम्पर्क बिहिन गुम्वा र लाम्पाटा गाँउ

  • शुक्रबार, साउन ९, २०७७
सधैको बर्षातमा हुन्छन, सम्पर्क बिहिन गुम्वा र लाम्पाटा गाँउ

सधैको बर्षातमा हिमाली गाँउपालिका ३ मा रहेको गुम्वा र लाम्पाटा गाँउ सम्पर्कबिहिन हुने गरेको छ । लगातारको अविरल बर्षाले सर्वाधिक विकटमा रहेका गाँउ गुम्वा र लाम्पाटामा यो बर्ष पनि आवतजावत बन्द भएको छ । त्यो सँगै गुम्बा र लाम्पाटागाँउ सम्पर्क विहिन बनेको छ । गुम्वा र लाम्पाटा गाँउमा आवत जावत गर्ने बाटो पहिराले बगाउदा र नदिमा रहेका काठेपुल बगाउदा गाँउनै अन्य समुदाय सँग सम्पर्क बिच्छेद बनेको छ । अर्को त्यहाँ कुनै सञ्चार सेवा समेत छैन् ।
सदरमुकाम मार्तडी बाट ४५ कोष टाढा अर्थात पैदल ४ दिन पर्ने बिच्छँयाको गुम्वा र लाम्पाटा गाँउ राज्यले त्यस गाँउका आवतजावत गर्ने पुल र बाटो नबनाउदा सधै बर्षादमा सम्पर्क बिहिन बन्दै आएको स्थानिय छिरिङ धोर्चे लामाले वताए । गुम्वा गाँउमा २५ परिवार छन्, भने लाम्पाटामा १३ परिवार बसोवास गर्दै आएका छन् ति सबै परिवार सम्पर्क बिहिन रहेका छन् । त्यो गाँउमा के भयो, के हुदै छ र त्यस गाँउकाले राज्य के गर्दैछ, जिल्लामा के हुदै छ, सबै सुचना बाट बिमुख रहेका वडा सचिब गौरी कान्त सञ्जालले वताएका छन् । बर्षाद शुरु भएदेखीनै गाँउका कुनै पनि सम्पर्क नआएको र त्यो गाँउ पनि जान नसकिएको सञ्जालले वताए ।
हिउँदमा ति गाँउबाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । गुम्वा बाट बिच्छँयाको बौडी सम्म आउनका लागि दुईवटा ठुला नदि रहेका छन् । ति नदिमा पुल छैन्, हिउँदमा काठेपुलको साहारामा वारपार गर्ने गरेका थिए । बर्षातको बाढि बगाउदा त्यस गाँउका बासिन्दाको अन्य गाँउ र जिल्लासँग पुरै सम्पर्क बिच्छेद भएको छ ।
कहि कवाडी नदिको किनारा र कही भिर बाटो हिडनु पर्ने हुन्थ्यो । भिरमा पहिराले बाटो अबरोध नदिको किनारको बाटो नदिले बगाएपछि आवतजात पुर्ण रुपमा बन्द भएको बिच्छँयाका अगुवा अम्मलाल बुडथापाले वताएका छन् । फुलीगुम्वा नजिकै भिरमा हिउँदमा त काठ राखेर भिरमा वारपार गर्ने गरेका थिए । त्यहाँ बाट खस्यो भने कवाडी नदिमा खस्ने जोखिम हुन्छ, साथै बिच बिचमा घरघोर जंगल भएकाले भालुले आक्रमण गर्ने खतराले पनि आवतजात गर्नमा बन्द भएको वडा सदस्य जगत लामाले वताए ।
गुम्वा र लाम्पाटा जाने बाटो समेत न सरकारले काटेको छ न पुल बनाईदिएको छ । सरकार बाट त केही अपेक्षा गर्न सकेका छैनौ, सरकार भएको अनुभुति पनि नभएको स्थानियले वताएका छन् । आफुहरुको जिल्लामा पहुँच नभएको र आफुहरुका कुरा कसैले पनि सुनि नदिएको स्थानियले वताएका छन् । गाँउपालिकाले त्यो क्षेत्रमा जानका लागि पुलको लागि पहल भइरहेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार