शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुटबल
  • रोनाल्डोको यो रेकर्ड जुन मेस्सीले तोड्न असम्भव छ

रोनाल्डोको यो रेकर्ड जुन मेस्सीले तोड्न असम्भव छ

  • बिहिबार, साउन ८, २०७७
रोनाल्डोको यो रेकर्ड जुन मेस्सीले तोड्न असम्भव छ

एजेन्सी — पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपका शीर्ष लिगमा कमसेकम ५० गोल गर्ने गोल गर्ने कीर्तिमान बनाए । सोमबार राति लाजियोमाथि २–१ गोलको जित निकाल्दा दुई गोल गरेका इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डो युरोपका तीन शीर्ष लिगमा औसत ५० गोल गर्ने रेकर्ड बनाएका हुन् ।

सो खेलमा दुई गोल गरेसँगै रोनाल्डो सिरी ‘ए’ मा एकै सिजन ३० गोल गर्ने तेस्रो खेलाडी पनि बनेका छन् । उनले यस सिजन ३० खेलबाट ३० गोल र ६ असिस्ट गरेका छन् । यता, ३५ वर्षीय रोनाल्डोले प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’ गरी युरोपका शीर्ष तीन लिगमा कमसेकम ५० गोल गर्ने कीर्तिमान बनाएका छन् । सन् २०१८ मा ला लिगा छोडेर इटाली आएका उनले सिरी ‘ए’ मा ५१ गोल गरेका छन् ।

जुलाई २०१८ मा मात्र इटाली आएका उनले म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिगमा ८४ गोल गरेका छन् भने रियलबाट ला लिगामा ३११ गोल गरेका छन् । युरोपका शीर्ष तीन लिगमा कमसेकम ५० गोल गर्ने इडिन डजेको रेकर्ड रोनाल्डोले आफ्नो नाममा सारेका हुन् । डजेले मार्च २०१८ मा इटाली, इंग्ल्याण्ड र जर्मनीबाट औसत ५० गोल गर्दै यो रकेर्ड बनाएका थिए । यसैगरी ६०औं सिरी ‘ए’ खेल खेलेका रोनाल्डो सिरी ‘ए’मा सबैभन्दा छिटो ५० गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । उनले ६१ खेलमा सो उपलब्धी हासिल गरेका हुन् ।

रोनाल्डोले बनाएको यो रकेर्ड उनका खास प्रतिद्वन्द्वी लियोनल मेस्सीलाई तोड्न असम्भव छ । मेस्सीले सन्यासभन्दा अघि पनि यो रेकर्ड तोड्न सक्ने छैनन् । लामो समयदेखि बार्सिलोनाबाट खेल्दै आएका मेस्सीले २०१९–२० को ला लिगामा २५ गोल गरे । यता, मेस्सीले भने ला लिगामा २२ असिस्ट गर्दै कीर्तिमान बनाए ।

चर्चामा

सम्बन्धित समाचार