शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बाजुरामा पहिलोपटक आधुनिक गीतको छायांकन

बाजुरामा पहिलोपटक आधुनिक गीतको छायांकन

  • बिहिबार, साउन ८, २०७७
बाजुरामा पहिलोपटक आधुनिक गीतको छायांकन
बाजुरा– बाजुरामा पहिलोपटक आधुनिक गीतको छायांकन गरिएको छ । यस अघि बाजुराका विभिन्न ठाउँमा देउडा गीतहरुको छायांकन गरिएका भएपनि आधुनिक गीतको छायांकन भने बाजुरामा पहिलो पटक भएको हो । मंगलबार दिउसो करिव २ बजेतीरको कुरा हो सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोक मान्छेहरुले भरिभराउ देखिन्थ्यो । यस अघि फाट्ट फुट्ट मानिसहरु जम्मा सो ठाउँमा आज यति धेरैको संख्यामा मान्छेहरुको भिड किन होला ? उपस्थित सवैको मनमा प्रश्न थियो । उपस्थित भएका केहीले यहाँ के हुँदैछ भन्ने कुरा थाहा पाएका थिए भने बढीजसोलाई यहाँ के हुँदैछ भनेर थाहा नै थिएन् । एकाएक मोटर साईकलमा ८ देखि १० जना युवा समूहको टोली आएपछि प्रहरीलाई पनि भिड थाम्न हम्मे हम्मे भयो । मोटर साईकलमा सवार भएर आएका युवाहरुले मोटर साइकल रोकेर झर्नै वित्तिकै उपस्थित भएका सवै शान्त भए ।
एकाएक माहोल सान्त हुँने वित्तिकै आधुनिक गीतको छायाकंन गर्नेछौं भनेर राजेश पायल विकले सवैलाई जानकारी गराएका थिए । बाजुरामा पहिलोपटक आधुनिक गीतको भिडियो छायाकंन हुन लागेको थाहा पाएपछि यताउता आउजाउ गर्नेहरु पनि एकछिन रोकिएर भिडियो छायाकंन कसरी हुँदो रैछ भनेर हेर्न थाले ।
यती भन्दै गीतका निर्देशक राजेशले एक्सन भने अनि गीतको मुख्य मोडल मदन सुनार, मनिशा रोकाया र मधु विक भिडियोको अभिनय गर्न थाले माहोल रोचक बन्दै गयो । हे माया तिमि कहाँ भन्दै फेरी गितका निर्देशक राजेशले अभिनय गर्न थालेका थिए । चर्चित गायक भद्र वलीको स्वरमा रेडियो प्रेमी वान नेपालगंजका स्याम गिरीको शव्दमा रहेको हे माया तिमि कहाँ गीतको बोल छायाकंन भएको हो ।
गीतलाई सदरमुकाम मार्तडी र बडीमालिका नगरपालिकाको विरेखोला झरनामा छायाकंन गरिएको छ । गीतको छायाकंन तपेश जोनले गरेका छन् । भने गीतको निर्देशन राजेश पायल विकले गरेका हुन् । गीतमा स्वं राजेश पायल, मदन सुनार, मनिसा रोकाया र मधु विकको अभिनय रहेको छ । गीतलाई साउनको दोस्रो साता दर्शक माझ ल्याईने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार