• होमपेज
  • बडिमालिका
  • आइएनएफ बाजुराले आइसोलेशन बनाउन २० ओटा बेड र पिपिइ सेट सहयोग

आइएनएफ बाजुराले आइसोलेशन बनाउन २० ओटा बेड र पिपिइ सेट सहयोग

  • बिहिबार, साउन ८, २०७७
आइएनएफ बाजुराले आइसोलेशन बनाउन २० ओटा बेड र पिपिइ सेट सहयोग
अाइसाेलेशन कक्षकाे उद्धघाटन तथा पिपिइ सेट हस्तान्तरण कार्यक्रममा मन्तब्य दिदै प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे तस्बीर : बडिमालिका खवर

बाजुरा जिल्लामा बिगत ६ बर्षदेखी काम गर्दै आएको आइएनएफ बाजुराले आइसोलेशन बेड सहयोग गरेको छ । बडिमालिका नगरपालिका वडा ८ स्थित जिल्ला अस्पताल नजिकै आइसोलेशन संचालनका लागि आइएनएफ बाजुराले २० ओटा बेड सहयोग गरेको छ ।

कोरोना भाइरस महामारी नियन्त्रण तथा ब्यबस्थापन गर्ने उदेस्यका साथ आइएनएफ बाजुराले नगरपालिकाद्धारा संचालन भएको आइसोलेशनमा बेडहरु सहयोग गरेको आइएनएफ बाजुराका प्रमुख जुहारीलाल कार्कीले बताए ।  बुधबार बिहान एक कार्यक्रमका बिच आइएनएफ बाजुराले सो बेड पिपिइ सेट लगायतको साम्रगी हस्तान्तरण गरेको छ । साम्रगी हस्तान्तरण तथा आइसोलेशन संचालन एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ ।

बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए । बडिमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रगंमल बिकले संचालन गरेको कार्यक्रमको अतिथीमा बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट नेकपा नेता तथा सचिवालय सदस्य गगन रावल नेपाली काग्रेस नेता धनराज पण्डित, प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे वडा न ३ र ९ का वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

आइसोलेशन उद्धघाटन कार्यक्रम जिल्लाका सुरक्षा निकायका प्रमुख जिल्ला स्थिती सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनीधी बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रमको स्वागत बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्टले गरेकी थिइन भने प्रमुख जिल्ला अधिकारी, पाटीका नेता लगायतले मन्तब्य राखेका थिए ।

चर्चामा

सम्बन्धित समाचार