• होमपेज
  • प्रदेश ७
  • धनगढीमा बिहानैदेखि बर्षा

धनगढीमा बिहानैदेखि बर्षा

  • बिहिबार, साउन ८, २०७७
धनगढीमा बिहानैदेखि बर्षा

धनगढीमा बिहानैदेखि बर्षा भईरहेको छ। आँशिक देखि सामान्य बदली रही धनगढी र आसपासको क्षेत्रमा बर्षा भईरहेको हो। आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राती देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चर्चामा

सम्बन्धित समाचार