आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • माक्सवादको जग वसाउने नेता

माक्सवादको जग वसाउने नेता

  • बुधबार, साउन ७, २०७७
माक्सवादको जग वसाउने नेता

माक्सबादी दृष्टिकोण नेपाली समाजको आर्थिक सामाजिक सास्कृतिक एवम राजनितिक गरी गणतन्त्रको जग राख्ने दुरदशी नेताको रुपमा पुष्पलाल श्रेष्ठलाई लिईन्छ ।
पुष्पलालले अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली अनुवाद र नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र लेखेर नेपाली राजनितीको मिहिन ढंगले बिश्लेषण गर्दै । श्रमजिबी वर्ग , समुदाय,पिछडिएको जाती र जनताको मुक्तिको जग राख्नुभएकौ थियो । २००७ सालमा नेपाली काग्रेंसले संचालन गरेको सशस्त्र संघर्षपछि राजा , राणा र काग्रेस भन्दै राणाशाहबिरुद्द अन्तयहिन संघर्षको पछमा विगुल फुक्ने पुष्पलालले आपनो सम्पुर्ण जिवन कम्युनिष्ट आन्दोलनको बिकास , नेपाली समाजको मिहिन ढंगले अध्ययन र विश्लेषणमा खर्चिनुभयो ।
विं सं २०१७ साल पुष १ गते राजा महेन्द्रदारा निरंकुश पच्यायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तीका लागी लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरंकुशतलाई परास्त गर्न सकिन्छ भन्ने सयुंक्त जनआन्दोलनको अवधारणा सानुहुने दुरद्रष्टा पनि हुनुहुन्छ , पुष्पलाल यसको मार्गदर्शनवाट नै मुलुकको ठुलाठुला राजनितिक परिवर्तन हासिल गरेको छ । पुर्बी पहाडी जिल्ला रामेछापको भगेरीमा १९८१ साल असार १५ मा जन्मनुभएका पुष्पलालको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल फागुन ७ गते निधन भएको थियो ।
पुष्पलालसंग निकटको सम्बन्ध राख्नुहुने वामपन्थी विश्लेषक (लोककृष्ण भट्टराईका ) अनुसार पुष्पलालले दिल्ली सम्झौता धोका हो ! भन्दै राजनिती चेतना दिएर राजनितीक सामाजिक आर्थिक महावक विश्लेषण गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार