शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • केराको बोक्रा फ्याँक्नुअघि सोच्नुहोस्, यो खान मिल्छ र स्वस्थकर पनि छ

केराको बोक्रा फ्याँक्नुअघि सोच्नुहोस्, यो खान मिल्छ र स्वस्थकर पनि छ

  • बुधबार, साउन ७, २०७७
केराको बोक्रा फ्याँक्नुअघि सोच्नुहोस्, यो खान मिल्छ र स्वस्थकर पनि छ

केरा धेरैजसोको प्रिय फलफूलको एक प्रजाती हो । यो लगभग वर्षभरी नै पाइन्छ । यो सस्तो, स्वादिलो र पेट अघाउने किसिमको हुन्छ । केराले स्वास्थ्यलाई जति फाइदा पुर्याउँछ, त्यो सायद अरु फलले पुर्याउन सक्दैन । तर तपाईंलाई सायद थाहा छैन, केराको गुदीमात्रै होइन, यसको बोक्रा पनि खान मिल्छ र यो स्वस्थकर समेत छ । आउनुहोस्, केराको बोक्राबारे जानकारी लिऔंः

केराको बोक्राको फाइदाः

केराको लगभग ३० प्रतिशत भाग यसको बोक्रा हुन्छ । हामीमध्ये धेरैले केराको गुदी खान्छौं र बोक्रा फ्याँकिदिन्छौं । केराको बोक्रामा भिटामिन र मिनरल्स लगभग त्यति नै पाइन्छ जति केराको गुदीमा पाइन्छ । केराको बोक्रामा एमिनो एसिड, पोटासियम, पोलिअनस्याचुरेटेड फ्याट र डायटरी फाइबर हुन्छ । यी सबै स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

फाइबरः यसले पेटको समस्यालाई ठिक गर्न सहयोग गर्छ, रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ, धेरै भोक लाग्न दिँदैन र मुटुलाई स्वस्थ बनाउन सहयोग गर्छ ।

पोटासियमः यो मिनरल्सले हड्डी क्षय हुनबाट जोगाउँछ, रक्तचापलाई नियन्त्रण गर्छ र मृगौलालाई स्वस्थ राख्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले छालाको कोषलाई नष्ट हुनबाट जोगाउँछ । हरियो र नपाकेको केराको बोक्रामा पाकेको र पहेँलो केराको बोक्राभन्दा धेरै एन्टिअक्सिडेन्ट हुन्छ । केराको बोक्राको सेवन गर्दा क्यान्सर, मधुमेह र मुटुरोगजस्ता रोगबाट जोगाउँछ ।

तर यसका लागि अर्गानिक केराको प्रयोग गर्नुपर्छ ।

केराको बोक्रा कसरी खाने ?

नरम र पातलो केराको बोक्रा मात्रै लिनुहोस् । यो गुलियो र पचाउन सहज हुन्छ ।

पकाउनु अघि केराको बोक्रालाई राम्रोसँग सफा गर्नुहोस् ।

– स–सानो टुक्रा पारेर आफ्नो स्मुदीमा पनि समावेश गर्नुहोस् । यसले स्वादमा फरक पार्दैन ।

केराको बोक्रालाई तारेर पनि खान सक्नुहुन्छ ।

स्रोतः ओन्ली माई हेल्थ

चर्चामा

सम्बन्धित समाचार