• होमपेज
  • प्रदेश ७
  • धनगढी परीक्षणमा सुदूरपश्चिमका थप ७ जनामा कोरोना पुष्टि

धनगढी परीक्षणमा सुदूरपश्चिमका थप ७ जनामा कोरोना पुष्टि

  • बुधबार, साउन ७, २०७७
धनगढी परीक्षणमा सुदूरपश्चिमका थप ७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९१ ज्नाको कोरोना परीक्षण भएकोमा कञ्चनपुरका चार, कैलालीका दुई र बझाङका एक जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १२ का ५३ बर्षीय पुरुष र वडा नम्वर १९ की १८ बर्षीया युवतीमा कोरोना पुष्टि भएको बताए। उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ का चार बर्षीया बालिका र २४ बर्षीया युवती, बेदकोट नगरपालिका वडा नम्वर ४ का २२ बर्षीया युवती र ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

बझाङको छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का २० बर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ। सात जनामा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ३४ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार दुई सय दुई जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ३०, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका चार सय ८७, डडेल्धुराका दुई सय ९७, बैतडीका दुई सय ७६, बझाङका एक सय ७८ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो।

चर्चामा

सम्बन्धित समाचार