शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आकास तर्फ न थुकौँ!

आकास तर्फ न थुकौँ!

  • बुधबार, साउन ७, २०७७
आकास तर्फ न थुकौँ!

 सुरेशकुमार पान्डे। आफ्नो देशमा कल-कारखाना,कुनै उद्दोग धन्दा छैन।नागरिकहरुको बिचिल्लिछ,आधा जनसंख्या बिदेशमाछ।अहिलेपनि यो कोरोनाको बिमारीमा परी देशमा भन्दा बढी हाम्रो शन्तान बिदेशमा मरेकाछन।उन्को राज्या सँग कुनै लेखोजोखो छैन।हामिले भारत लगायतका कयौँ देशहरुमा न्युनतम ज्यालामा अधिक र तुच्छ प्रकारका काम गर्न बाध्या भएकाछौँ।

अहिले देशभित्र फर्केका युवाहरु वेरोजगारछन। धेरै जसो नेपालीले आजसम्म छिमेकी मुलुकमा मज्दुरी गरेकाछन।भारमा थाई अस्थाई दुई प्रकारका नेपालीहरु को बसोबाशछ।सन १९५०को कथित मैत्रि तथा शान्ति सन्धिको तहत आएका नेपालीहरु भारतको बिभिन्न सहरहरुमा अस्थाई रुपमा कार्यारतछौँ।जो प्रवाशी श्रमिक को रुपमा बिभिन्न ठाउँमा कार्यारतछौँ।बिडम्बना हामिले आर्काको देशमा काम माग्दै हिँड्दछौँ,तर कुन आधारमा?यो एउटा बिषयहो।सुगौली सन्धि को तहत आएका नेपालीहरु जो भारतिय नागरिक हुँन उनिहरुको लागि भारतमा समान हक मुहाईया गराउँने कुरा छुट्टै हो। भारतको २९प्रान्तहरुमा बस्ने भारतिय जनताहरु एकै प्रकारका हुँदैनन।

कसैको कस्तो सोँच कसैको कस्तो सोँच त हुँन्छनै तर बिदेशीलाई हेर्ने दृष्टी भने लगभग एकैनासे हुँन सक्छ। भारत केन्द्रिकृत अर्ध संघिय साशन प्रणाली भयको देशहो।जनताहरु भड्किए भने सरकारको पनि केहि चल्दैन भन्ने बारेमा हामिले आसाम र मेघालयका बिगतका घटनाहरु बाट अनुभव गरी सकेकाछौँ।हामी आर्काको देशमा काम खोज्न आउँनु भनेको त्यो देशका जनता वा मज्दुरहरुको मज्दुरी’हक’खोस्नु हो।स्थानिय जनताको रोजि रोटी खोसेर बसेका हामि प्रवाशीहरुलाई मालिक हरुले सस्तो पाएर धेरै कजाउँन पाउँदा खुसि देखिएपनि श्रमजिवीहरुलाई उनिहरुको रोजी रोटी खोस्न आएको महेशुर्ष हुँन्छ।

अहिलेको अबस्था पहिलेको जस्तो छैन,अहिले धेरै जसो काम नपाएर बसेकाहरुको ठुलो स्थानिए जमातछ।र सबै जसो जनताहरु राजनितिक क्रण भयकाछन। आज भारतकै जनत एक आर्काको प्रान्तमा गएर काम गर्दा धेरै भेधभाव हुँन्छ भने हामी त अर्को देशका नागरीक हौँँ।हामीलाई देखेर को खुसी होला?पक्कैपनि भारतमा हामिलाई देखेर खुसी हुँने ब्याक्ति भेट्न गारैछ।त्यस कारणले भारत स्थित नेपालीहरुको समस्या जटिलछ।

हामिले सँघ सँस्था बनाएर आफ्नो हक हितको आवाज उठाउँदै आएकाले केहि हद सम्म हामि शुरक्षित छौँ।हामिले भारतमा आएर काम माग्ने आधार भनेको सन १९५०को त्यहि सन्धिहो जस्लाई हामिले लगातार असमान भन्दै खारेजीको माग गर्दै आएकाछौँ।जो साँच्चै भन्नेहो भने एकतर्फा मात्र लागुछ भारतको त्रर्फ बाट त्यो नेपालीहरुको लागि अघोषित रुपमा खारेज भैसकेकोछ। भनी रहनुपर्ने आबस्याकता छैन जनताहरुको बिच मित्रता बाहेक आर्को आधार छैन जो हामिले बस्न पाउँने।जनता सँगको मित्रता बिना हामि बस्न सक्ने अबस्था छैन। नेपालको सरकारले भारतमा बसोबास गरेका आफ्ना नागरीकको भलो चाहान्छ भने कम्तिमा बोल्दा धेरै सोँचेर बोल्नु पर्छ।कुनै शब्द बोल्नु भन्दा पहिले कयौँपटक सोँचेर बोल्नु पर्ने हुँन्छ।

तर सरकारको बच्काना पन तथा अदुरदर्शियता र होचुवा किसिमको कृयाकलापले गर्दा भारतमा बसेका नेपालीहरु लाई ठुलो संकट झेल्नु परेकोछ।केही दिन पहिले प्रधान मन्त्रिले दिएको “रामको जनम भुमी नेपाल हो”भन्ने भनाई बाट आक्रोशित कतिपय ब्याक्ति धार्मिक कटरपंथिहरुले नेपालीको कपला सम्म खोईरिएर “राम नाम सत्य” भन्ने लेखिएको पोस्टर वाईरलस भयो यस्तै मुम्वैका उद्धब ठाकरेले नेपालीको बन्दुक उठ्ने भन्दा पहिले बन्दुकको नाल भाँच्ने जस्ता अभिब्याक्ति आएकाछन।यसरी ठाउँ ठाउँमा नेपाली श्रमजिवीहरुलाई प्रताडित गर्ने काम हरु हुँदै आएकाछन।

देशको सर्वोच्चमा अंग प्रधानमंत्री जस्तो सिटमा बिराजमान ब्याक्तित्व बाट कुनैपनि बोली बोल्दा धेरै सोँचेर बोल्नु पर्ने हो।राम जन्मिएको भूमि नेपालकै भयपनि त्यसको सप्रमणा लिएर कुटनीतिक पहेल गर्नु पर्ने हो।मुखमा जे आयो त्यही बोलेर स्वायम आफ्नै गरिमा र यँहा बसोबास गरेका लाखौँ नेपालीहरुको खयाल सम्म नगर्दा आज ठाउँ ठाउमा नेपालीहरु लाई नकारत्मक असरपरेकोछ।

आफुलाई कम्युनिष्टको बेच टाँसेर संसारलाई चिनाउँन खोजेका हँसिया हथोडी अंकित दौशाला ओडेर सरकारमा बिराजमान भयका हरुले आफ्ना नागरिकहरुका लागि रोजगार शुरक्षा र देशभित्र शान्ति शुब्यबस्था दिनको लागि ठोँश योजना बनाएर जानुपर्दछ।मात्र उखान र टुक्का अन आबस्याक र जथाभावी बोलेर देशको र जनताको भलो हुँन्न। सरकारको भित्रै एकले आर्काको खुट्टा तान्ने सरकार ढाल्ने खेल,देशको सडकमा राँको बाल्ने बाहेक अरु केहि गर्न सकेका छैनन।आखिर उनिहरुको यो ब्यबहारले कस्लाई फाईदा पुग्छ?निश्चित रुपमा यो गलत कृयाकलाप आत्मघाति जनघाती र राष्ट्घातीनै हो।

आज दुनियाँ कोरोनाको कहरमा छ भोक रोग र सोकमा डुबेको बेला जनतालाई राहत दिनुको सट्टा झनै आहात गर्दैछ।हामिलाई थाहाछ यो सरकार कम्युनिष्टको होईन तरपनि यस्तो भिसम परिस्थितिमा ता घोर पुँजिवादी वा प्रतिकृयावादीहरुलेपनि देशको हितमा एक आर्काको खुट्टा तान्नुको सट्टा मिलेर पक्ष्य बिपक्ष समेतले यो संकटको बिरुद्ध अभियान चलाउँछन।तर हाम्रो देशको कम्युनिष्ट भनेर नथाक्ने यो दुई तिहाईको जमातका कृयाकलाप देख्दा आज बिदेशमा बस्ने नेपालीहरु लाई मुख तोपेर हिँड्ने गराएकोछ।हामिले धेरै केहि नभनी मात्र सरकारले आकाश तर्फ फर्केर नथुकोस भन्न चाहान्छौँ।

चर्चामा

सम्बन्धित समाचार