शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराकाे पहिरो प्रभाबित क्षेत्रमा रेडक्रसद्धारा राहत बितरण

बाजुराकाे पहिरो प्रभाबित क्षेत्रमा रेडक्रसद्धारा राहत बितरण

  • बुधबार, साउन ७, २०७७
बाजुराकाे पहिरो प्रभाबित क्षेत्रमा रेडक्रसद्धारा राहत बितरण

बाजुरा– बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका बिभिन्न क्षेत्रमा गएको पहिरो प्रभाबित क्षेत्रमा आजदेखी नेपाल रेडक्रस सोसाईटी बाजुराद्धारा राहत बितरण कार्य गर्ने भएको छ । बुढिगंगा नगर पालिका वडा न २ र ३ मा पहिरोमा परी बिस्तापीत भएका परिवारहरुलाई राहत बितरण गरीने नेपाल रेडक्रस सोसाइटी बाजुराले जनाएको छ । ३ दिन अगाडी अत्याधिक बर्षा संगै आएको पहिरोमा परी बुढिगंगा नगरपालिका वडा न १,२ र ३ का बिभिन्न बस्तीहरुका केही परिवार बिस्तापीत भएका छन ।

उनिहरुको लागत संकलन कार्य भइसकेकोले आजदेखी बिभिन्न ठाउँमा राहत बितरण गरिने भएको नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाकी परियोजना संगोजक ईस्वरा सुबेदीले बताएकी छन । पहिरो प्रभबित ठाउँमा २ दुइ दिन लगाएर बुढिगंगा नगरपालिका मेयर दिपक बिक्रम शाह वडाअध्यक्ष रेडक्रस प्रतिनिधी र नेपाल प्रहरीको टोलीले लागत संकलन गरीसकेको हुनाले सो ठाउँमा राहत बितरण गरीने भएको सुबेदीले बताएकी छन ।


बुढिगंगा नगरापलिकामा तत्काल घर नै बगाएर बिस्तापीत भएका ८ परिवारहरुका लागि तत्काल राहत बितरण गरीने रेडक्रसले जनाएको छ । सो नगरपालिका बजेडी, नडाङ, मुसी, सेरा र त्रिबेणी नगरापलिका ३ परिवार घरबार बिहीन परिवारलाई आजै राहत बितरण गरिने भएको नेपाल रेडक्रस सोसाईटी बाजुराले जनाएको छ । १ परिवारलाई हिजै राहत बितरण गरिएको रेडक्रस सोसाइटी बाजुराकी कार्यक्रम संयोजक सुबेदीले बताएकी छन । बाकी ८ परिवारलाइ आज राहत बितरण गर्ने उनले बताइन ।


रेडक्रस सोसाईटी बाजुराले दिएको तथ्याङक अनुसार सो नगरपालिका वडा न २ नडाङका १ सय ५ परिवार जोखीममा रहेका छन भने ५ परिवारको घरै नै बगाएकाले बिस्तापीत भएका छन । बजेडीका १ सय ३५ परिवार जोखीमा रहेका र २ परिवार बिस्तापीत रहेका छन । सबै भन्दा बढि जोखीममा नडाङ बस्ती रहेको रेडक्रसले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार