शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश १
  • साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

  • मङ्लबार, साउन ६, २०७७
साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन । यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार