शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • पहिरोका कारण बुढिगंगा नगरपालिका १ का २ दर्जन बढि परिवार बिस्तापित

पहिरोका कारण बुढिगंगा नगरपालिका १ का २ दर्जन बढि परिवार बिस्तापित

  • मङ्लबार, साउन ६, २०७७
पहिरोका कारण बुढिगंगा नगरपालिका १ का २ दर्जन बढि परिवार बिस्तापित

लक्ष्मीराज पाध्याय– बाजुरा बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न १ का दुई दर्जन बढि परिवार पहिरोका कारण बिस्तापित भएका छन । ३ देखीको निरन्तर बर्षाका कारण सो नगरपालिका वडा न १ मा रहका बिभिन्न बस्तीहरु उच्च जोखीममा रहेका छन ।
बुढिगंगा नगरपालिका वडा न १ मा रहेको अम्कोट, डुग्री र कुडीका २ पुरै बस्ती नै पहिरोको उच्च जोखीमा रहेका छन भने केही परिवारहरु बिस्तापीत भइसकेको स्थानीय भरतराज उपाध्यायले बताएका छन ।
बिस्तापित हुनेमा अम्कोटका मरुदेबी पाध्याय,डम्मदेवी पाध्याय र सिर्जनादेवी पाध्याय रहेका छन । उनीहरुको घर नजिकै पहिरो गएका कारण केही दिनदेखी बिस्तापित भएका छन । हाल उनीहरु छिमेकीको घरमा ओत लागेर बसेको स्थानीयले बताएका छन ।
त्यसै गरी सोही वडाको कुडीका भुज चदारा, जीत चदारा, शान्ती चदारा, दिपक सिहं, गोरे दमाई,राम साउँद र भोज चदाराका घरहरु पनी उच्च जोखीममा रहेको हुदा घर नजिकैको स्कुल र मन्दीर र खेतमा पाल हालेर बसेका छन स्थानीय भरत उपाध्यायले बताए । साथै सो ठाउँको पनी पुरै बस्ती उच्च जोखीममा रहेको उनले बताए ।


त्यस्तै सोही वडाकै डुग्रीका नरी थापा र हर्क सनाईका घर पनी पहिरोको उच्च जोखीममा रहेकोले उनको परिवार पनी बिस्तापीत भएको स्थानीयले बडिमालिका खवरलाई जानकारी दिएका छन । त्यसै गरि सोही वडाको रावतवाडाका २० परिवार पनी उच्च जोखीममा रहेका स्थानीयले बताएका छन । गाउँका तल र माथी दुबै तिरबाट पहिरो जादा गाउँहरु उच्च जोखीमा रहेकोले तत्तकाल उद्धार नगरे धन जनको क्षेती हुने स्थानीयले बताएका छन ।


सोही वडामा रहेको धुरालशैन माबीको फिल्ड पहिरोले लिएपछि सो बिध्यालय समेत उच्च जोखीममा रहेको स्थानीयले बताएका छन । त्यस्तै कुडी आधारभुत बिद्यालयको माथी रोड भएको रोडममा ढलको ब्यबस्थापन नुहदा बिद्यायलयमा पानी र माटोले पुरेको स्थानीयले बताएका छन ।केही दिन अगाडी स्थानीय तहका जनप्रतिनीधी र प्रहरी आएर निरीक्षण गरे गरेको भए पनी सुझाव भने केही नआएको स्थानीयले गुनासो गरेका छन ।


त्यसै गरी सोही नगरपालिका वडा न २ का पनी नडाङ, बजेडी मुसी ताप्रा लगायतका बस्ती उच्च जोखीममा रहेका छन । वडा न १ र २ मा भखर रोपेका धान समेत बगाएर लगेको स्थानीयले जानकारी दिएका छन । माथीबाट गएको पहिरोले सबै खेतहरु पनी बगाएको हो ।
बाजुरा जिल्लामा हरेक बर्ष बर्षा सुरु भए संगै बिभिन्न बस्तीहरु जोखीममा रहदै आएका छन । जिल्ला बिपत ब्यबस्थापन समितिले ३ बर्ष अगाडी नै ९५ बस्ती उच्च जोखीममा रहेको तथ्याङक सार्बजनिक गरेको भए पनी ति बस्तीहरुको ब्यबस्थापनमा भने कसैको चासो नगएको स्थानीयको गुनासो रहेको छ ।
केही बर्ष देखी सडक बनाउने बाहानामा जिल्लाका बिभिन्न ठाउँमा डोजर र स्काइभेटर प्रयोग गर्दा जमीन कमजोर भएर बर्षाको समयमा आफै बग्ने भएका कारण पनी धेरै बस्तीहरु बिकाश कारण जोखीममा रहेका छन् । बिभिन्न बस्तीहरु जोखीममा रहदा पनी सम्बन्धीत निकायको भने ध्यान जान नसकेको स्थानीयको गुनासो रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार