• होमपेज
  • प्रदेश ७
  • धनगढी परीक्षणमा सुदूरपश्चिमका २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१२२ पुग्यो

धनगढी परीक्षणमा सुदूरपश्चिमका २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१२२ पुग्यो

  • मङ्लबार, साउन ६, २०७७
धनगढी परीक्षणमा सुदूरपश्चिमका २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१२२ पुग्यो

नगढीमा भएको परीक्षणमा सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा एक सय ८८ जनाको कोरोना परीक्षण भएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरका २० जना, बझाङका चार जना र कैलालीका तीन जनामा कोरोना पुष्टि भएको हो।

कञ्चनपुरको बेदकोट नगरपालिकाका सात पुरुष र चार महिला गरी ११ जना, शुक्लाफाँटा नगरपालिकाका पाँच पुरुष र एक महिला गरी ६ जना, लालझाँडी गाउँपालिकाका तीन पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ११ का दुई पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको उनले बताए। उता बझाङको जयपृथ्वी नगरपालिका वडा नम्वर ३ का दुई महिला र एक पुरुष तथा छव्वीसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का एक पुरुषमा कोरोना पुष्टि भएको छ।  योसैगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय २२ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार एक सय २९ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार