शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भोका नाङ्गा मा भ्रम छरेर क्रान्तिकारी

भोका नाङ्गा मा भ्रम छरेर क्रान्तिकारी

  • सोमवार, साउन ५, २०७७
भोका नाङ्गा मा भ्रम छरेर क्रान्तिकारी

गजल!
कुरिती मन भित्र भराउँदा दुखःपायौँ,
युवा लाई शमुन्द्र तराउँदा दुखः पायौँ।

अरु हात्थिमाथी चड्दा आफु धुरीमा,
त्यही सँस्कार मन पराउँदा दुखःपायौँ।

आर्काको लागि बिरगति पाउँनेहरु ले,
देशकै लाई लड्न डराउँदा दुखःपायौँ।

भोका नाङ्गा मा भ्रम छरेर क्रान्तिकारी,
होनहार युवा लाई मराउँदा दुखःपायौँ।

काम खोज्न जाने पौरखी युवाहरु पनि,
सदैका निमित्त उतै हराउँदा दुखःपायौँ।

आफ्नो भूमि कस्ले छाड्न सक्थ्यो तर,
सन्धिले अर्कै ध्वज फराउँदा दुख पायौँ।

मौका प्रस्तले शन्तानलाई लडाउँन सदै,
रणभूमिमै जनता झराउँदा दुखः पायौँ।

बोल्न जान्दैन सर्वोच्च ठाँमा बसेर पनि,
उनैले बेमत्लब मा कराउँदा दुखः पायौँ।

हामि ता लाहुरे अनपड अनि अशिक्षित,
यँहा त अमानवले अह्राउँदा दुखः पायौँ।
सुरेशकुमार पान्डे।२०-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार