• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाढी पहिरोमा परेर आमा–छोरी बेपत्ता

बाढी पहिरोमा परेर आमा–छोरी बेपत्ता

  • सोमवार, साउन ५, २०७७
बाढी पहिरोमा परेर आमा–छोरी बेपत्ता

सुन्दरसिह धामी —  जिल्लाको नौगाड गाउँपालिकामा आइतबार राती परेको अबिरल वर्षापछि २ जना बेपत्ता भएकाछन । बेपत्ता हुनेमा नौगाड गाउँपालिका—६ का ३५ वर्षीया मानमती ठगुन्ना र उहाँकी ६ वर्षीया छोरी रेवती ठगुन्ना रहेको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोले विद्यालय भवन, २८ बाख्रा,कुख्रा फर्म, तीन वटा पानी घट्ट बगाउनुका साथै पारी गाउँका तीन घरमा पूर्ण क्षति पुर्याएको नौगाडका स्थानिय हरकसिह धामीले बताए। पारिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षती गरेको नौगाड क्स स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली समेत खटिएको अध्यक्ष धामीले बताए ।

चर्चामा

सम्बन्धित समाचार