शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलम अब बलियो औजार भयो

कलम अब बलियो औजार भयो

  • आइतवार, साउन ४, २०७७
कलम अब बलियो औजार भयो

संसार बदल्न लाई हतियार भयो,
कलम अब बलियो औजार भयो।

तरवार भन्दा शक्ति शाली छ भने,
यो नै पहिलो नम्बर हकदार भयो।

लेख्छन एक पढ्छन लाखौँ लाख,
समाज बदल्नेपनि अखबार भयो।

एक दिन क्रान्ती कलमले ल्याउछ,
बिचार दुनियाँ मा अबिस्कार भयो।

जनचतेना जगाउँने कलम पहिलो,
सबैको भरपर्दो यही आधार भयो।

धेरै मायाँछ सबैको कलम सँग लौ,
यहि ता सबैलाई मिलन सार भयो।

बन्दुककै लडाई भन्दा राम्रो लडाई,
कलमको शक्तिनै त आरपार भयो।

सबैभन्दा शक्तिशाली रैछ दुनियिँमै,
कलमको अगाडि सबैको हार भयो।
सुरेशकुमार पान्डे।१९-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार