शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लाहुरमा बस्नेलाई तिम्रो बोलीको असर परेकोछ

लाहुरमा बस्नेलाई तिम्रो बोलीको असर परेकोछ

  • शनिबार, साउन ३, २०७७
लाहुरमा बस्नेलाई तिम्रो बोलीको असर परेकोछ

लाहुरमा बस्नेलाई तिम्रो बोलीको असर परेकोछ,
जनता लाई भड्काउँने ओलीको असर परेकोछ।

थोरै बोल तर मिठो बोल त्यो ठाउँमा बसेर ति मी,
तिम्रो त्यही कण्ठले यँहा गोलिको असर परेकोछ।

निर्दोश मज्दुरहरु बसेका हुँन्छन ठाउँ ठाउमा हेरौँ,
उतैबाट बगि आउँने त्यो खोलिको असर परेकोछ।

कपला खोईरे अनि राम राम लेखि दिए बदला मा,
साँचै भनौ तिम्ले मागेको झोलीको असर परेकोछ।

भन्छौ छोरी रोजीको साईनोछ तिम्रो हाम्रो बिचमा,
जनतामा कतै कात्रो कतै चोलिको असर परेकोछ।

तीमिलाई सत्ताको मात छ यस्लाई मात दौलत को,
गरीबलाई आज मुर्दा कतै डोलीको असर परेकोछ।

तिमिले आज मुखै भरीको भन्यौ जवान नसमाली,
हाम्रो तन मन मा सरकार भोलीको असर परेकोछ।
सुरेशकुमार पान्डे।१८-०७ -२०२०

चर्चामा

सम्बन्धित समाचार